डाेल्पा,असाेज १९ गते ।
पुर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले पछिल्लो समय डाेल्पाकाे छार्काताङसाेङ र डाेल्पाेबुद्द गाउँपालिकामा फेला परेका तालहरुकाे आधिकारिकताका लागि सरकारि मापन टाेलि खटाउन माग गरेका छन्।
विहिबार संसदकाे शुन्य समयमा बाेल्दै सांसद बुढाले उच्च स्थानकाे मानववस्ती छार्काभाेट तथा छार्काताङसाेङ गाउँपालिका वडा नम्वर १ र डाेल्पाेबुद्द गाउँपालिकाकाे वडा नम्वर ६ मा स्थानीय जनप्रतिनिधिले पत्ता लगाएका नयाँ तालहरुकाे आधिकारिकताका लागि सरकारी टाेली खटाउन सभामुख मार्फत सरकारकाे ध्यानाकर्षण गराएका हुन्।समुन्द्र सतहदेखी ५ हजार ५ सय ५० दशमलब ९ मिटर र ५ हजार १ सय ९० मिटर उच्चाईमा रहेका दुई ओटा ताल स्थानीय जनप्रतिनिधिले फेला पारेर सार्वजनिक गरेका थिए ।