विष्णुप्रसाद देवकोटा
डोल्पा,वैशाख ११ गते ।भेरीकरिडोर अन्र्तगत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको छहरेवगर जोड्ने भेरिनदीमाथिको बेलिब्रिज निर्माणमा ढिलाई भएको भन्दै डोल्पाको सदरमुकाम दुनैमा विरोध प्रर्दशन गरिएको छ ।
चीन नेपाल र भारत जोड्ने त्रिदेशीय महत्वको ब्यापारिक नाकाका रुपमा भेरीकरिडोरलाई लिइएको छ ।
भेरिकरिडोरलाई पूर्णता दिने पुलको रुपमा लिइने तल्लुबगरस्थित भेरिनदी माथिको बेलिब्रिज निर्माणमा ढिलासुस्ती भएपछि जिल्लास्थित राजनीतिकदल र नगरिक समाजहरुले दवावस्वरुप सदरमुकाम दुनैमा विरोध प्रर्दशन गरेका हुन ।
तल्लु बेलिब्रिज छिटो सम्पन्न गर बेलिब्रिज निर्माणमा गुणस्तरीयता कायम गर डोल्पा रुकुम र जाजरकोट यातायातलाई सहजत भरपर्दो र सुनिश्चता गर र नागरिक सेवालाई जोड दे भन्ने नारा अंकित प्ले कार्ड सहित राजनीतिकदलहरुको आह्रवानमा सदरमुकाम दुनै बजारमा रु्याली सहितको विरोध प्रर्दशन गरिएको हो ।
डोल्पालीहरुको लाइफ लाइनको रुपमा रहेको भेरिकरिडोर अन्र्तगत पर्ने उक्त पुल निर्माणमा भेरिकरिडोर कार्यालय र पुल निर्माणको जिम्मा पाएको यती विल्र्डसको मिलोमतोमा अनेकन बहाना निकालेर निर्माण ढिलाई गरिएको डोल्पास्थित राजनीतिकदलहरुले बताएका छन ।
नेपाली काँग्रेसका पार्टी सचिव हिक्मत शाही नेकपा एमालेका प्रतिनिधि प्रेमबहादुर शाही नेकपा माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य बिरमल भण्डारीनेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य धर्मलाल बुढा नागरिक समाज प्रतिनिधि ओमेन्द्र केसी गैह्रसरकारी महासंघका रणबहादुर कार्की डोल्पा संयुक्त यातायात प्रालीका दत्तबहादुर ठकुल्ला र टेकबहादुर केसीको नेत्ृत्वमा जिल्ला प्रशासनमा गएको प्रतिनिधि मण्डलले छिटो पुल निर्माणको लागि प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छन ।
राजनीतिकदलहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले आफ्नो तर्फवाट पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्नको लागि पहल र समन्वय गरिरहेको बताउनु भयो ।
उहाँले “भन्नु भयो जेठको दोस्रो साता सम्ममा पुल पुर्णरुपमा सम्पन्न भई सक्ने खवर आफुमा आएको र निरन्तररुपमा निर्माण जिम्मा लिइको पक्ष र भेरिकरिडोर कार्यालयलाइ दवाव दिइरहेको छु ।“\n२०७८ साल पुषमा हिमसगरमाथा खड्का जेभिले ३ करोडमा ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको थियो ।
एक वर्षभित्र निर्माण गर्ने गरि जिम्मेवारी पाएको कम्पनीको चरम ढिलासुस्तीका कारण अझै पुल निर्माण हुन सकेको छैन ।छिटोभन्दा छिटो निर्माण गर्ने गरि डिजाइन गरिएको अस्थाई प्रकृतिको बेलिब्रिज पुल निर्माण गर्न पक्कीमा जस्तै लाग्ने समय लगाएपछि डोल्पालीले महंगीको चरम मार खेप्नु परिरहेको नेपाली काँग्रेस डोल्पाका पार्टी सचिव हिक्मत शाहीले बताउनु भयो ।
विरोध प्रर्दशनको क्रममा सदरमुकाम दुनै बजारका सम्पुर्ण पसल तथा होटलहरु समेत दुई घण्टाको लागि बन्द गरिएको थियो ।
भेरिकरिडोर कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर महेन्द्र माझीले पुल भत्केपछि पुरानै प्लेटवाट निर्माण गर्दा जाजरकोट तर्फको केही भाग उटेर प्लेट नमिलेकोले न्याँ प्लेटको अर्डर भइरहेको र आउन ढिलाइ भएको बताउनु भयो ।
यसै गरी जाजरकोटको तल्लु तर्फको पुल बेसमा डटवाल निर्माण गर्ने कार्य भइरहेकोले डटवाल निर्माण र नयाँ डेक्स प्लेट निर्माणस्थलमा आइपुगेमा जेठको १५ दिन भित्रमा निर्माण कार्य सम्पन्न हुने प्रमुख माझीले बताउनु भयो ।
विरोध प्रर्दशनको क्रममा सदरमुकाम दुनै बजारका सम्पुर्ण पसल तथा होटलहरु समेत दुई घण्टाको लागि बन्द गरिएको थियो ।
जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका जिल्लास्थित राजनीतिकदलका प्रतिनिधिहरुले समयमा पुल निर्माण नभए जे जस्तो आन्दोलन हुन सक्ने चेतावनी दिएका छन ।
प्रदर्शनमा ठुलिभेरीनगरपालिकाका मेयर श्वर्वण बुढा वडाअध्यक्ष भक्तबहादुर भण्डारी र तेजेन्द्र राेकायकाे समेत सहभागिता रहेकाे थियाे ।