ताजा समाचार

माेटरसाइकल दुर्घटनामा परेर लामिछानेको मृत्यु

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका –१ लामिछानेगाउँ निवासी ३२ वर्षीय चिरन्जिवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

घर पुग्ने क्रममा बिहान २ बजे मोटरसाईकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!