पुर्ण कुमार/डोल्पा न्युज
डोल्पा। हिमाली जिल्ला डोल्पामा स्वास्थ्य प्रबर्दनका लागी मीडिया परिचालन कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार स्वास्थ्य कार्यालय डोल्पाको आयोजनामा नेपाल पत्रकार महासंघ डोल्पा शाखाको समन्वयमा आयोजित स्वास्थ्य प्रवर्धनका लागी पत्रकार तथा मिडिया परिचालन कार्यक्रममा स्वास्थ्य कार्यालयबाट अघिल्ला आ.ब र यस चालु आ.ब मा भएको क्रियाकलापहरु सार्वजनिक गरिएको थियो ।
स्वस्थ्य सेवा कार्यालय डोल्पाले जिल्लाका आठ वटै स्थानीय तहमा रहेको स्वस्थ्य शाखा, स्वास्थ्य चौकी, सामुदायिक स्वस्थ्य केन्द्र, आधारभूत स्वस्थ्य केन्द्रहरुमा समन्वय गरेर स्वास्थ्य तथ्यांक सम्बन्धी गतिविधि विगतका दिनहरुमा भन्दा यस बर्ष सुधार हुदै गएको स्वस्थ्य सेवा कार्यालय डोल्पा प्रमुख डाक्टर रत्नविर सुनारले बताउनुभयो । जिल्लामा स्वस्थ्य सम्बन्धी अवस्था तथ्यांकमा सहि आयो भने आगामी दिनमा कार्ययोजना निर्माण गर्न सजिलो हुने भएकाले सवैले सहयोग गर्न डाक्टर सुनारले आग्रह गर्नु भयो ।
डोल्पा जिल्लामा स्वास्थ्य चौकी २३ वटा, आधारभूत स्वास्थ्य केन्द्र १२ वटा, सामुदायिक स्वस्थ्य ईकाई ६ वटा रहेका छन । स्वस्थ्य सेवा कार्यालय डोल्पाले यस आ.ब मा गाउँघर क्लिनिक ६३ वटा, खोप क्लिनिक ७६ वटा संचालन गरेको छ । जिल्लामा समुदायिक महिला स्वस्थ्य स्वयंसेविका २ सय ७ जना रहेका छन । प्रयोग शाला भएका स्वस्थ्य संस्था २ वटा रहेका छन । बर्थिङ सेन्टर १६ वटा, किशोरी मैत्री स्वस्थ्य संस्था १७ वटा, विधालय नर्श ५ वटा, जिल्लाभर कार्यरत नर्स ४३ जना रहेको स्वस्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
यस्तै जिल्लामा आफै अनलाईन स्वास्थ्य सम्बन्धी क्रियाकलाप गर्ने स्वस्थ्य संस्था १५ वटा, इएलआईएचआईएस प्रयोग गर्ने संस्था ३१ वटा, ईटिबी गर्ने संस्था २२ वटा र इएचआर लागु गर्ने एउटा जिल्ला अस्पताल रहेको जनाईएको छ । स्वस्थ्य सेवा कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला तथ्याकं समन्वय समिति गठन गरि जिल्लाका सम्पुर्ण स्वस्थ्य संस्थाहरुमा समन्वय गरी तथ्यांक संकलन गर्ने गरिएको छ ।
यस आवमा जिल्लाका विभिन्न स्वस्थ्य संस्थाहरुबाट ९० प्रतिशतले विभिन्न प्रकारका खोप लगाएको जानाईएको छ । यस्तै जिल्ला अस्पताल डोल्पाबाट पुरानो ६४ प्रतिशत र नयाँ ५५ प्रतिशतले ओपिडी सामान्य चेकजाँच गर्ने गरेको पाईएको छ । जिल्ला अस्पताल डोल्पामा हाल १० जना चिकित्सकले विभिन्न रोगका विरामी चेकजाँच गर्ने गरेको जिल्ला अस्पताल डोल्पाका चिकित्शा शाखा प्रमुख डाक्ट अखण्ड उपाध्यायले बताउनुभयो । डाक्टर उपाध्यायको अनुसार नवनिर्मित भवनमा १५ सैया बेडबाट उपचार भैरहेकोले यसलाई कसरी थप गरि २५ सैयामा लैजान सकिन्छ भन्नेमा सम्बन्धीत निकायले सोच्नुपर्ने देखिन्छ ।
तथ्यांक अनुसार जिल्ला अस्पताल डोल्पामा सवैभन्दा बढि महिलामा समस्या भएका विरामी आउने गरेको पाईएको छ । जिल्ला अस्पताल डोल्पामा दरबन्दी अनुसार चिकित्सक नरहेको पनि पाईएको छ ।
जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्शक स्वास्थ्यकर्मी बस्ने क्वाटर, खानेपानी लगाएतका बाहिरि समस्या यथावत रहेको स्वस्थ्यकर्मीले गुनासो गरेका छन । पछिल्लो समय जिल्ला अस्पताल डोल्पामा सवै क्रियाकलाप अनलाईन माध्यमबाट भैरहेका छन ।
कार्यक्रममा जिल्ला स्थित मीडिया हाउसका सम्पादक, क्रियाशील सन्चारकर्मी र स्वास्थ्य सेवा कार्यालय डोल्पाका पदाधिकारीहरुको उपस्थित रहेको थियो।