विष्णुप्रसाद देवकोटा
डाेल्पा, ८असार
काईके गाउँपालिकाको १५ औँ गाउँसभा आइतबार सम्पन्न भएको छ। पालिकाको केन्द्र शहरतारा वगरमा आयोजित सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३३ करोड ५९ लाख ३९ हजार ७६५ रुपैयाँ ४७ पैसा बराबरको बजेट पारित गरिएको हो।
“गुणस्तरीय शिक्षा, स्वास्थ्य, सशक्त पूर्वाधार, रोजगारी र जनमुखी सेवा–समृद्धिको तयारी” भन्ने मूल नारासहित गाउँसभाले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो। बजेट उपाध्यक्ष निमा बुढाले प्रस्तुत गरेकी थिइन्।
बजेटको स्रोत विवरण यस्तो छ:
🔹 संघीय सरकारबाट:
समानीकरण अनुदान – रु ७ करोड ५२ लाख
शर्तसहितको चालु अनुदान – रु ७ करोड ९९ लाख
शर्तसहितको पूँजीगत अनुदान – रु ३ करोड २७ लाख
समपूरक पूँजीगत अनुदान – रु ८४ लाख
🔹 कर्णाली प्रदेश सरकारबाट:
समानीकरण अनुदान – रु ६८ लाख १८ हजार
शर्तसहितको चालु अनुदान – रु ५ लाख ९९ हजार
शर्तसहितको पूँजीगत अनुदान – रु ३ करोड
विशेष चालु अनुदान – रु ८० लाख
समपूरक पूँजीगत अनुदान – रु २६ लाख ८१ हजार
🔹 राजस्व बाँडफाँडबाट:
प्रदेश सरकार – रु ८ लाख ७१ हजार २ सय ६१
संघीय सरकार – रु ८ करोड २५ लाख ९० हजार ५ सय
🔹 अन्य स्रोतहरू:
आन्तरिक राजस्व – रु ३१ लाख ८० हजार
बैंक मौज्दात (बाँकी रकम) – रु ५० लाख
निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर भोजराज जोशीले बजेटको सम्पूर्ण विवरण प्रस्तुत गरेका थिए।
उत्कृष्ट कर्मचारी र विद्यालयलाई सम्मान
गाउँसभामा पालिकाका उत्कृष्ट कर्मचारी र विद्यालयलाई विशेष सम्मान गरिएको छ।
उत्कृष्ट कर्मचारी सम्मानित:
बिक्रम कठायत – योजना शाखा
वसन्त केसी – वडा नं. ६ का सचिव
अरुण शाह – रोजगार शाखा
शान्ति बिष्ट – स्वयमसेविका
उनीहरूलाई प्रत्येकलाई नगद रु २० हजार सहित सम्मान गरिएको हो।
उत्कृष्ट विद्यालय सम्मानित:
सुन्दरेशेर्पा आधारभूत विद्यालय (काईके–४) – नगद रु ५० हजार र प्रमाणपत्र
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश बोहोरा – नगद रु २० हजार र प्रमाणपत्र
गाउँपालिका अध्यक्ष अंगद कुमार रानाका अनुसार, यस प्रकारको सम्मानले कर्मचारी र शैक्षिक संस्थाको मनोबल बढाउने विश्वास लिइएको छ। पालिकाले विगत वर्षहरूमा पनि निरन्तर उत्कृष्टता पुरस्कार दिने प्रथा चलाएको बताइएको छ।
डोल्पाको दोस्रो पालिका बजेट पारित गर्ने काईके
काईके गाउँपालिका डोल्पा जिल्लाको दोस्रो पालिका हो, जसले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको हो। यसअघि असार ६ गते ठुलीभेरी नगरपालिकाले सबैभन्दा पहिले बजेट पारित गरिसकेको छ। अन्य पालिकाहरू भने असार १० गतेसम्म बजेट प्रस्तुत गर्ने तयारीमा छन्।

डोल्पा न्यूज । ८ असार २०८२, आईतवार १९:२४