पुर्ण कुमार/ डोल्पा न्युज
असार २७, डोल्पा
हिमाली जिल्ला डोल्पाको फोक्सुण्डो पदमार्ग भित्र सञ्चालित होटल तथा पसल व्यवसायको अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीको नेतृत्व तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाको आयोजनामा फोक्सुण्डो पद मार्गकाे ३८ किलोमीटर भित्र पर्ने कागनी देखि रिग्मो गाउँ सम्म संचालित होटल तथा पसल व्यवसायहरुको अनुगमन गरिएको हो।
पछिल्लो समय फोक्सुण्डो ताल सम्म घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले पद मार्ग भित्र संचालित होटल तथा व्यवसायहरुले म्याद गुर्जेका सामान बिक्री वितरण र मनपरी शुल्क उठाएको भन्ने गुनासो आएपछि अनुगमन गरिएकाे उध्याेग तथा उपभोक्त हित संरक्षण कार्यालयले जनाएकाे छ ।
फाेक्पसुण्दडाे पदमार्ग भित्र संचालित होटल तथा व्यवसायहरुमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका निमित्त प्रमुख सत्य बहादुर भण्डारीले जानकारी दिनु भयो।
अनुगमनको क्रममा फोक्सुण्डो पदमार्ग भित्र संचालित पसल तथा होटलहरुबाट म्याद गुर्जेका करिब २७ हजार २ सय ५० बराबरको समान बरामद गरिएको छ ।
अनुगमनको क्रममा बरामद गरिएका २ दर्जन भन्दा बढीका सामग्रीहरू अस्थायी प्रहरी चौकी रीग्मो आवस्यक मुचुल्का उठाई जलाएर नष्ट गरिएको छ ।
पदमार्ग भित्रका पसल तथा होटलहरु अनुगमन गर्दा सबै भन्दा बढी चाउचाउ, बिस्कुट , पेय पदार्थ अन्तर्गत फ्रूटी, कोकोकोला , फ्यान्टा, धुलो खुर्सानी, मसला लगाएतका दुई दर्जन भन्दा बढी सामग्रीहरु जलाएर नष्ट गरिएको हो ।
अनुगमनको क्रममा सोचेको तुलनामा पदमार्ग भित्र संचालित पसल तथा होटल व्यवसायहरु देखि सोचेको भन्दा कम सामान बरामद गरिएको सहायक प्रजीअ ज्ञावलीले जानकारी दिनुभयो।
पदमार्ग भित्र संचालित व्यवसाय हरुलाई मूल्य सहितको दर रेट राख्न , सम्बन्धित पालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता नगराई संचालित व्यवसायहरुलाई साउन महिनाकाे पहिलो साता भित्र दर्ता तथा नविकरण गर्न सुझाव दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख भण्डारीले बताउनु भयो।
अनुगमनमा सहायक प्रजिअ ज्ञवाली, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख भण्डारी, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग डोल्पा शाखाका प्रमुख मेघराज कँडेल , डाेल्पान्युज अनलाइनका विशेष सम्वाददाता पुर्ण कुमार लगायत,कार्यालयका कर्मचारी , अस्थायी प्रहरी पोष्ट रिग्मोका प्रहरी लगाएत स्थानीय सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।