ताजा समाचार

ठुलिभेरीनगरकाे पुर्वाधार विकास र सुशासनमा अब्बल नगरप्रमुख बुढा

पवन डांगी( जुफाल डाेल्पा)

हिमाली जिल्ला डोल्पाकाे ठुलिभेरी नगरपालिका पूर्वाधार विकास र सुशासनमा अब्बल बन्दै गएकाे छ ।

युवा र सक्षम नगर प्रमुख शुवर्ण कुमार बुढाकाे कुशल नेतृत्वका कारण सिङ्गो नगरपालिका अन्य पालिका भन्दा सक्षम र अब्बल बन्दै गएकाे हाे ।

श्वर्ण बुढा  नगर प्रमुख भएबाट नगर विकासकोे लागी नगर पालिकाको हरेक क्षेत्रमा सुधार हुदै आएको छ ।जनतालाई कर्मचारी पक्षवाट हुने अनेकन झन्झटबाट मुक्त गर्ने गरि  शाखाका कर्मचारीहरुलाई मुस्कानसहितकाे सेवा प्रवाह गर्न श्वर्ण बुढाले नियमित रुपमा दिने गरेकाे निर्देशले पनि असल सुशासनकाे विकास भएकाे छ ।

यसैगरी जनतालाई यातायातमा सहजता हाेस भनेर नगरबस किनेर संचालनकाे तयारीमा छ । नगरका प्रत्येक वडाबस्तीमा सडककाे पहुँच पुर्याई जनतालाई सडक विकाससंग जाेड्न नगरकाे डाेजर खरिद गरि सडक विकास र विस्तार अभियान जारि छ ।

अधिकांश वडाका बासिन्दा सडक पहुँचमा पुगेसंगै उनिहरुकाे दैनिक जीवनमा समेत सहज हुदै  गएकाे स्थानीय सुशिला डांगीले बताउनु भयाे ।नगरलाई सफा स्वच्छ  र सुन्दर बनाउन सदरमुकाम दुनै कजार जुफाल बजार लगायतका बजार क्षेत्रमा दैनिक रुपमा हुने फाेहाेर उठाउन र ब्यवस्थापन गर्ने अभियान समेत संचालन भइरहेकाे छ ।

जथाभावी हुने र भइरहेकाे फाेहाेरलाई संकलन गरि डम्पिनसाइटमा फाल्न  नगरले टयाक्टर खरिद गरेर फाेहाेर ब्वस्थापन गर्ने काम भइरहेकाे छ ।

नगरपालिका भित्रका जनताहरु  विमारी एम्बुलेन्सकाे अभावमा समयमै अकालमा बाटाेमै ज्यान गुमाउने पीडाबाट मुक्त गर्न नगरले एम्बुलेन्स सेवा  ब्यवस्थापन गर्नु भाैतिक संरचनाकाे विकास निर्माणमा पारदर्शिता कायम गर्नुले पनि नगर नेतृत्व सक्षम र सबल छ भन्ने बुझ्न सकिन्छ ।

नगर प्रमुख बुढाले जनतालाई के कसरी सुविधा दिन सकिन्छ र दैनिक जीवनलाई सहजता बनाउन सकिन्छ भन्ने तर्फ आफू सदैब लागि पर्ने बताउनु हुन्छ ।

सबैभन्दा ठूलाे विकास शिक्षा भएकाले शिक्षाकाे गुणस्तर प्रभावकारी स्वास्थ्य नियमित विधुतमा जनतालाई पहिलाे पहिलाे प्राथमिकतामा राखेर काम गरिरहेकाे र पर्यटन विकासलाई समेत ध्यान दिएर पर्यटकीय क्षेत्रकाे विकासमा जनतालाई प्रत्यक्ष सहभागी बनाउने काम भइरहेकाे नगर प्रमुख बुढाले बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!