नगरपालिकाका नगरप्रमुख दैनिक १४ घन्टा जनतासंगै हुन्छन भन्दा जाे जाेकीलाई आश्चर्य लाग्न सक्छ ।डाेल्पा मात्र नभई अन्य जिल्लाका स्थानीय तहका प्रमुखहरु प्रदेश तथा संघिय राजधानी तिर विभिन्न वहानामा नगरपालिकाकै वजेटमा विलासी जिवनका क्रियाकलापमा ब्यस्त रहंदा यहाँको ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढा भने दैनिक १४ घन्टा जनताका समस्या र समाधानका विषयमा केन्द्रीत छन ।दैनिक जसाे विहान ७ बजेदेखि राति ११ बजेसम्म पनि नगरप्रमुख सचिवालयमा जनताका सामान्य विषषमा समेत गहिराे छलफलमा रहने गर्छन ।जनताले खाेजेकाे बेला सहजरुपमा आफ्ना स्थानीय तहका सरकार प्रमुख भेटेर आफ्ना गुनासा र समस्या राख्न पाउँदा भने ज्यादै खुशि लागेकाे स्थानीय बताउँछन् ।
नगर प्रमुख बुढा जनतालाई सामान्य भन्दा सामान्य काममा पनि आफ्नाे अनुपस्थितीले बाधाअड्चन नहाेस भनेर सचिवालयमा बसेर काम गर्दै आईरहेकाे बताउँछन् ।जनताकाे काम गर्नु पर्याे भने जतिखेर जहाँ भएपनि काम गर्ने गरेकाे प्रमुखका स्वकीय रेखामान बुढा बताउँछन् ।नगरमा मेयर बस्दैनन् मेयर नभएर काममा राेकावट हुने गर्छ भन्ने अहिले सम्म सुन्नमा नआएकाे स्थानीय अमरसिं कठायतले बताए ।उनले भने ब्यवस्थित रुपमा सचिवालय कार्यालयमा जनतालाई नगरप्रमुखसंग भेटघाट गरि समस्या गुनासाे पाेख्न पाउने गरि भेटघाट कार्यक्रम राखिने गरिएकाे छ ।