ताजा समाचार

डाेल्पाकाे यार्सा पाटनमा कुटपिट सहित यार्चागुम्बा लुटपाट!

लेख बुढा/ फोक्सुण्डो खबर 

 

हिमाली जिल्ला डोल्पाका यार्सा पाटनमा कुटपिट गरेर यार्सागुम्बा लुटपाट गरिएको छ।

शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने कागमारा लेक नजिकैको रुमाना पाटनमा कुटपिट सहित नगद र यार्चागुम्बा लुटिएको छ ।

 

यही मिति २०८१ जेठ २८ गते राति १२: ५३ बजे ७ जना लुटेराहरुले बास स्थानमा कुटपिट गरि यार्चागुम्बा र नगद रुपैयाँ लुटेका हुन । डाेल्पा मुड्केचुला गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ५५ का बले सार्कीलाई मध्यराति कुटपिट बाबू र छाेराले संकलन गरेका ४ सय ५० पिस यार्चागुम्बा लुटेराहरुकाे समुहले लिएका हुन । छाेराे घर गएकाे माैका छाेपि आफुलाई मध्यराति मरनाशन्न हुनेगरी कुटपिट गरेर यार्चागुम्बा लुटेराले लिएकाे उनले बताए ।

 

यस्तै उक्त समय मध्यराति साेही लुटेराकाे समुहले डाेल्पा मुड्केचुला गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३४ का दत्त बहादुर ठकुल्लालाई पनि कुटपिट गरि ६ सय ५२ पिस यार्चागुम्बा र नगद रु १ लाख रुपैयाँ लुटेका छन । राति सुतिरहेको त्रिपालमा एक्कासी ७ जनाकाे समूह आएर आखामा लाइट लगाएर कुटपिट गरि यार्चागुम्बा र नगद लुटेराले लिएकाे दत्त बहादुर ठकुल्लाले बताएका छन । उनका छाेरा बर्ष १४ सुनिल ठकुल्ला, साला नाता पर्ने मुड्केचुला गाउँपालिका- २ का राज बहादुर सार्की भाग्न सफल भएकाे ठकुल्लाले बताए । छाेरा साला र आफुले मेहनत गरेर खाेजेकाे यार्चागुम्बा स्थानीय भाषामा किरा सबै लुटेराले लिए हामी मुस्लिमले ज्यान बचाएर दुई दिनकाे पैदल हिडेर सदरमुकाम दुनै पुगे उनले बताए ।

 

दुई ग्रुपका गरेर जम्मा ११ सय २ वटा (पिस) यार्चागुम्बा र नगद रु १ लाख रुपैयाँ लुटेकाे र ज्यानै जाेखिममा रहेकाे भन्दै पिडितहरुले जिल्ला प्रहरी कार्यालय डाेल्पामा उजुरी दिएका छन। सात जना लुटेराहरुकाे समुह मुड्केचुला भित्रकै रहेकाे हुदा नाम किटान सहित उजुरी दर्ता गरेकाे पिडितहरुले बताएका छन।

यस घटना बारे जिल्ला प्रहरी कार्यालय डाेल्पामा बुझ्दा कुटपिट र लुटपाटमा परेका पिडित पक्षले उजुरी दिएकाेले उक्त समुहको खाेजिकार्य भैरहेको डाेल्पाका प्रहरी प्रमुख डिएसपी हरिकृष्ण के.सीले बताए । जाहेरीमा उल्लेख भएका पिडकहरु अहिले यार्सा पाटनमै रहेकाे भन्ने सुचना पाएकाेले सबै ठाउँ टाेलि परिचालन गरिएको केसीले बताए । जस्तोसुकै प्रकारको अपराधमा संलग्न दाेषीलाई कडा कारबाही गरिने उनले बताएका छन ।

 

स्थानीयका अनुसार कागमारा, रुमाना, खारेङचाैर, मालुवा भन्ने उक्त क्षेमा पटक पटक लफडा हुँदै आएकाे बताइएकाे छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!