लेख बुढा
डाेल्पा,कार्तिक २३ गते ।छिमेकी जिल्ला जाजरकोटमा भूकम्पको पराकम्पन(धक्का) आउने क्रमजारी संगै भूकम्पले क्षेत्र विस्तार गर्दै गइरहेकाे हल्लाले त्रासले खुला आकासमा रात कटाउदै आएका छन ।छिमेकी जिल्ला जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दु भई यहि कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे तिर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प आयो । उक्त भुकम्पमा परि हाल सम्म जाजरकोट र रुकुम पश्चिम गरि १५७ जनाको ज्यान गएको छ भने दुई सय भन्दा बढि घाईते हुनुको साथै हजारौ घरमा पूर्णरुपमा क्षति भएको छ । गत शुक्रबार यता रामीडाडा आसपास केन्द्र बनाएर ससाना भुकम्पका धक्का आईरहेका छन ।
डोल्पा जाजरकोट संग जोडिएको हुदा साथै बारेकोट र डोल्पाको मुड्केचुला जगदुल्ला सिमानाका एउटै भएको हुदा उक्त क्षेत्र आसपासमा बसोबास गर्ने नागरिक भुकम्पको त्रासैत्रासमा खुला आकाश मुनी रात काट्दै आईरहेका छन । छिमेकी जिल्ला जाजरकोटमा भयानाक जनधनको क्षति भएको देख्दा यहाँका स्थानीय नागरिक झन हतोसाहित भएका हुन ।
गत शुक्रबार यता भुकम्पको डरले बेलुका पख गाउँका सबै मान्छे खुल्ला चौर र विधालयको मैदानमा आगो बालेर रात कटाउने गरेको मुड्केचुला गाउँपालिका वडा नं. ६ का स्थानीय मुस्कान बोहोराले बताए । उनले भने,जाजरकोटको बारेकोट यहाँबाट नजिकै पर्छ भुकम्पको केन्द्र पनि त्यताबाट यतै सर्दैछ भन्छन त्यसैले हामी नर्कुका स्थानीय मात्र नभई वडा नं. १ देखि ९ सम्मका स्थानीय खुल्ला आकाश मुनी रात विताउदै आईरहेका छौ ।
पटक पटक आईरहेको भुकम्पको कम्पनका कारण विनाशकारी भुकम्पले जाजरकोट हुदै डोल्पा केन्द्र विन्दु बनाउछकी भन्दै डोल्पाको जगदुल्ला,त्रिपुरासुन्दरी,ठुलीभेरी,शे फोक्सुण्डो,काईके,डोल्पोबुद्ध र छार्काताङसोङका स्थानीय बासिन्दा पनि केहि खुला चौरमा रात विताउन बाध्य छन भने केहि अत्याधिक चिसोको कारण त्रासका विच पनि घरमै निदाउन बाध्य छन ।
डोल्पा भिरालो जमिन त्यसैमाथि अधिकांस कच्ची घरहरु भएको हुदा पनि यहाँका नागरिक डराउनु स्वभाविकै पनि हो । डोल्पाका अधिकांस क्षेत्रमा सुचना प्रविधिको पहुँच नपुगेको हुदा भुकम्प आउनु पुर्व जानकारी मेसेज यहाँका नागरिकले थाहा पाउदैनन् । हल्लाकै भरमा ठुलो भुकम्प आउदै छ भन्दै हल्ला गर्छन अनि त्रास फैलाउछन ।
यो समय डोल्पामा अत्याधिक जाडो हुने भएको हुदा भुकम्पको डरले रातको समयमा बाहिर बस्दा बालबालिका,बृद्धबृद्धालाई थप समस्या हुन सक्ने जानकारहरु बताउछन । अहिलेको अवस्थामा नागरिकलाई सहि सुचना दिएर त्रासका विच बस्ने वातावरण अन्त्य गर्नु आवश्यक रहेको छ ।