विष्णुप्रसाद देवकोटा
डाेल्पा न्यूज डेक्स,
पुस १० गते
नेपाल राष्ट्रिय शिक्षक संगठन त्रिपुरासुन्दरी नगर कार्यसमितिको चाैथाे नगर अधिबेशन सम्पन्न भएकाे छ ।
बुधवार त्रिपुराकाेटमा भएकाे अधिबेशनले केशव थापाकाे नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएकाे हाे ।
यसैगरी नगर कार्यसमितिकोसचिवमा बलदुन केसी सह सचिवमा अनिलकुमार डांगी काेषाध्यक्षमा हाेमबहादुर कठायत र सह काेषाध्यक्षमा मनकुमारी शाही सर्वसम्मत चयन हुन हुनु भएकाे छ ।चाैथाे अधिबेशनमा प्रमुख अतिथिकाे रुपमा नगरपालिकाका उपप्रमुख देवि घर्ती विशेष अतिथिमा राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश काेषाध्यक्ष यामप्रसाद शर्मा नेपाल राष्ट्रिय स्वास्थ्य महासंघ डाेल्पा अध्यक्ष अमर बस्नेत त्रिपुरासुन्दरी नगरका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख भिमबहादुर थापा र नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष तुलबहादुर विष्टकाे उपस्थिति रहेकाे थियाे ।