डाेल्पा,पुस ६ गते ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोल्पाका नेताहरूले बालुवाटार पुगेरै डाेल्पाकाे विकासकाे लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन।लिखित माग पत्र सहित ध्यानाकर्षण गराउन बालुवाटार पुगेका माओवादीका डाेल्पाली नेताहरुले
भेरी करिडोर अन्तर्गत दुनै-ल्यासीक्याप हुँदै धोसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन, मुगु-डोल्पा हुँदै मुस्ताङ जोड्ने हिमाली लोकमार्गको काम अघि बडाउन, उपल्लो डोल्पाका तीनवटा स्थानीय तहलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय स्थापना गर्न माग गरेका छन।
त्यसैगरि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन, डोल्पोबुद्व गाउँपालिकाको धोलाई हिमाली सहर निर्माण गर्न, मोरिम्ला र क्याटो नाकामा भन्सार कार्यालय सञ्चालन गर्न लगायतका १० बुँदे माग राखिएको छ।
विशेष रूपान्तरणअन्तर्गत तीन महिने अभियानका डोल्पा जिल्ला इन्चार्ज नरबहादुर बिष्टको नेतृत्वमा गएको टोलीमा कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतका नेताहरु सहभागी थिए।