विष्णुप्रसाद देवकाेटा
उपल्लो डाेल्पावासीकाे निजि घरबास देखि विकासका भाैतिक संरचना निर्माण कार्य सस्तिएकाे छ ।सुलभ मुल्यमा छाेटाे समयमै तयारी काठ पाएपछि उपल्लो डाेल्पाबासीकाे आवास निर्माण कार्य सस्तिएकाे हाे ।
डाेल्पा र चीनकाे स्वशासित क्षेत्र तिब्बतको झाेङ्बा प्रदेश सिमा नाका माेरिम्ला खुलासंगै याे वर्षवाट सस्ताेमा चिनिया काठ खरिद गर्न पाएपछि उनिहरुकाे निर्माण कार्य सस्ताे पर्न गएकाे हाे ।
घरबास निर्माण लगायत विकासका भवनहरु निर्माणकाे लागि काठकाे चर्काे अभाव खेप्नु परेका उपल्लाे डाेल्पाबासीले याे वर्ष १५ दिनकाे लागि खुला भएकाे सिमा नाकामा लागेकाे ब्यापारिक मेलामा समेत तयारी चिनियाँ काठ खरिद गर्न पाएका छन ।
शे फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिकाका अधिकांश बस्ती आसपास र बन क्षेत्रमा काठ पाइदैन ।
त्यहाँका बासिन्दाले निजि तथा विकासे भवन निर्माणकाे लागि काइके गाउँपालिकाबाट चर्काे मूल्य तिरेर जाेखिमपुर्ण बाटाेमा चाैरी र झाेबावाट ढुवानी गर्नु पर्ने बाध्यता छ ।
प्रति फुट १८ सय लेखी २ हजार सम्म तिरेर काठ ल्याउनु पर्ने र ढुवानी झनै महंगो पर्ने भएकाले सानाे चाैकाेस एउटा काठकाे मात्र निर्माणस्थल सम्म पुर्याउदा ४ हजार सम्म पर्ने भएवाट निजि घर निर्माण गर्न समस्या रहेकाे डाेल्पाेबुद्द धाेका स्थानीय पेमा छेवाङ डाेल्पाेले बताउनु भयाे ।
अहिले सिमा खुलासंगै चिनिया ब्यापारिले मेलामा विभिन्न साईजका तयारी काठ समेत स्स्ताेमा विक्रिकाे लागि ल्याएपछि धेरै राहत भएकाे पनि पेमा छेवाङले बताउनु भयाे ।
उहाँका अनुसार अहिले अस्थायी रुपमा १५ दिनकाे लागि खुलेकाे माेरिम्ला नाकामा लागेकाे मेलाबाट उपल्लाेबासिले झण्डै १ कराेड ५० लाख जतिकाे मुल्य बराबरकाे काठ सम्म खरिद हुने छ ।
उपल्लाे डाेल्पामा शे फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिकामा यसपालि धेरै विकासे कार्यालयका भवनहरु निर्माण गर्ने भएकाले पनि चिनियाँ काठले मूल्य लगायत ढुवानिमा समेत राहत पुग्ने छ ।
यत्तिखेर डाेल्पाेबुद्द गाउँपालिकाका सबै वडा शे फाेक्सुण्डाे र छार्काताङसाेङ गाउपालिकाका अधिकांश वडामा समेत सडक खुलेकाले सिमा क्षेत्र देखि बस्तीसम्मै ट्याक्टर मार्फत काठ ढुवानी गर्नाले विस्तारै उपल्लोबासिकाे जिवनशैलि सहज बन्दै गएकाे छ ।
जस्ताेसुकै अवस्थामा पनि प्रत्येक वर्ष चीनकाे स्वशासित क्षेत्र तिब्बत सिमासंग जाेडिएका माेरिम्ला र क्याटाे नाका कम्तीमा दुई पटक खुल्ने नीतिगत ब्यवस्थापनकाे लागि स्थानीय सरकार लगायत संघिय सरकारले छिमेकी मुलुक चीनसंग कुटनैतिक पहल गर्नु जरुरी छ ।१७ साउन २०८१ देखि खुला भएकाे माेरिम्ला नाका ३१ साउन २०८१ सम्म खुला हुने छ ।
माेरिम्ला नाकामा यत्तिखेर चिनियाँ काठ मात्र नभएर दैनिक उपभाेग्यबस्तु देखि पेयपदार्थ लत्ताकपडा र माेटरसाइकल समेत मेलामा सुलभ मुल्यमा खरिद गर्न पाईन्छ ।
फाेटा साैजन्य- पेमा छेवाङ डाेल्पाे