ताजा समाचार

डाेल्पाका तीन निमित्त  प्रमुख प्रशासकीय अधिकृतकाे  आर्थिक तथा प्रशासनिक अधिकार रद्ध 

विष्णुप्रसाद देवकोटा

सरकारले डाेल्पाका तीन जनालाई  निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीबाट हटाएकाे छ ।

त्रिपुरासुन्दरी नगरपालिका काईके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा कार्यरत तीन जना कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीबाट हटाएकाे हाे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा रहनु भएका हिराचनद्र धराला सम्झना पराजुली र केशवराज जैसीलाई प्रदान गरिएकाे आर्थिक तथा प्रशासनिक जिम्मेवारी सरकारले रद्ध गरेकाे हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे २५ माघ २०८१ निर्णय अनुसार निमित्त रुपमा कार्य गर्न भनी प्रदान गरिएकाे आर्थिक तथा प्रशासनिक अधिकारकाे जिम्मेवारीबाट हटाएकाे मन्त्रालयले जनाएकाे छ ।

सरकारले जिम्मेवारीबाट हटाएका त्रिपुरासुन्दरी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा  कार्यरत हिराचन्द्र धराला नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह अधिकृतस्तर छैटौं हुन ।

यसैगरी काइके गाउपालिकाकी निमित्त प्रशासकीय अधिकृत सम्झना पराजुली विविध सेव समूह अन्तर्गत अधिकृतस्तर  छैटौं हुन ।जगदुल्लाका केशवराज जैसी नेपाल प्रशासन सेव सामान्य प्रशासन समूह सहायकस्तर पाचौं तहमा कार्यरत कर्मचारी हुनु हाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!