ताजा समाचार

एकीकृत समाजवादीकाे प्रथम कर्णाली अधिबेशन शुरु

डाेल्पान्युज संवाददाता

सुर्खेत ,कात्तिक २७ गते

नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ ।समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा सहभागी छन् ।

समाजवादीका केन्द्रीय सदस्य वसन्त विश्वकर्माका अनुसार सोमबार उद्घाटन र मङ्गलवार बन्दसत्र सुरु हुनेछ ।

 त्यसपछि प्रदेश समितिका पदाधिकारी चयनका लागि प्रक्रिया अगाढि बढाइने छ ।

अधिवेशनबाट १३१ जनाको प्रदेश कमिटी निर्वाचित हुने छ । अधिवेशनका सहभागी हुन अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी रहेका छन् । अधिवेशन वीरेन्द्रनगरको सिद्धार्थ सहकारीको हलका चलिरहेको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!