विष्णुप्रसाद देवकोटा
डाेल्पाकाे सदरमुकाम दुनैमा नेतृत्व विकास सम्बन्धि तीन दिने तालिम सम्पन्न भएकाे छ ।
महिला सशक्तीकरण केन्द्र डोल्पाको आयोजनामा संयुक्त राष्ट्र संङ्घीय विकास कार्यक्रमको सहयोग तथा ठूलीभेरी नगरपालिकाका सबै वडा कार्यालयहरुको समन्वय र सहकार्यमा तालिम सम्पन्न भएकाे हाे ।
सामाजिक न्यायको लागि लडाई र महिला सशक्तीकरण परियोजना अन्तर्गत २०८१ कार्तिक ५ गतेवाट शुरु भएकाे नेतृत्व विकास तालिम तीन दिन सम्म संचालन भएर सम्पन्न भएकाे हाे ।
तालिममा ठूलीभेरी नगरपालिकाका सबै वडाहरु र सामाजिक संस्थाहरु समेतकाे तर्फवाट गरी २५ जनाकाे सहभागीता रहेकाे थियाे ।
महिला सशक्तीकरण केन्द्र डोल्पाका कार्यकारी निर्देशक तथा सामाजिक अभियान्ता रणबहादुर कार्की र सहायक सहजकर्तामा हरप्रित हिराचनले सहजीकरण गर्नुभएको थियो ।
तालिममा असल नेतृत्वको विकासका लागि आबश्यक पर्ने नेतृत्वका परिभाषा प्रकार नेतृत्वका शैलीहरु आधुनिक नेतृत्वका विशेषता, संचारका सिपहरु, बैठकको परिभाषा, प्रकार, बैठकका चरणहरु, समुह गठन, एबं परिचालन सम्बन्धि प्रशिक्षण दिइएकाे थियाे ।
यसैगरी असल समुहका विशेषताहरु नेता र व्यवस्थापक बिच फरक, द्धन्द्धको परिभाषा, प्रकार, लिङ्ग र लैङ्गिकता यसको फरक, द्धन्द्धका तहहरु र द्धन्द्धका फाइदा, द्धन्द्ध समाधानका उपायहरु, सकारात्मक खोज लगायतका विषयवस्तुहरुका बारेमा समुहगत छलफल र सिकाइ आदानप्रदान समेत गरिएकाे महिला सशक्तीकरण केन्द्रका कार्यकारी निर्देशक कार्कीले जानकारी दिनु भयाे ।
तालिमका विषयवस्तुहरु खेल माध्यमबाट र अभ्यास र अनुकरणीय विधिहरु प्रयाेग गरि संचालन गर्दा निकै प्रभावकारी रहेको तर्क सहभागीहरुले समापन सत्रमा व्यक्त गरेका थिए । अन्तिक सत्रमा बालविवाह र लैङ्गिक हिंसा र कानुनी कुराहरुको बारेमा पनि छलफल भएको थियो ।
असल शासनभन्दा असल नेतृत्वको सदैव खाँचो हुने असल नेतृत्व असल नेताहरुबाट मात्र सम्भव हुने तर असल नेता छनोटका लागि असल नागरिकको महत्वपूर्ण भूमिका हुने लगायतका विषयहरुमा मिहिन तरिकाले तालिममा छलफल गरिएको आयाेजकले जनाएकाे छ ।
३ दिने तालिममा सिकेका ज्ञान र सिपलाई आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याएर सहभागीले ब्यवहारमा लागू गरे मात्र तालिम सफल रहेनुका साथै तालिममा सिकेको ज्ञान र सिपको प्रभावकारी रुपमा प्रयोग हुने विश्वास सहजकर्ताले व्यक्त गर्नु भएकाे थियाे ।