ताजा समाचार

डाेल्पाकाे काइकेमा जिल्ला अदालतकाे न्यायमा बाहय पहुँच कार्यक्रम

विष्णुप्रसाद देवकोटा

काइके गाउँपालिकाकाे शहरतारामा जिल्ला अदालत डाेल्पाकाे न्यायमन बाह्य पहुँच कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदायमा अदालत र न्यायाधीश छ भन्ने भनाइ नागरिकलाई महशुस गराउने उद्देश्यबाट सेवाग्राही र सराेकारवालालाइ अदालतकाे हाता बाहिर पनि कानुनी सेवा उपलब्ध छ भनेर समुदायस्तरवाटै नागरिकलाई जानकारी गराउन कार्यक्रमकाे आयाेजना गरिएकाे अदालतले जनाएकाे छ ।

स्थानीयस्तरमै  जनताको जनगुनासो सुन्दै, न्यायिक समितिको क्षेत्राधिकार, बाल विवाह  बहुविवाह न्यूनीकरण, देवानी फौजदारी मुद्दा लगायतका विषयमा अन्तरक्रिया छलफल गरिएको वैतनिक कानुन व्यवसायी अधिवक्ता पुर्ण प्रसाद हमालले जानकारी दिनु भयाे ।

जिल्ला अदालतले बर्षमा तीन पटक न्यायमा नागरिकको पहुँच के कसरी गर्न सकिन्छ भनेर यस्ता कार्यक्रम गर्दै आउने गरिएकाे छ ।चालू आर्थिक बर्षमा पहिलाे पटक शे फाेक्सुण्डाे गाउँपालिकामा पर्ने फाेक्सुण्डाेमा गरेकाे हाे ।

२०८१ चैत ८ गतेका दिन गाइके गाउँपालिकामा गरिएकाे कार्यक्रममा  माननीय जिल्ला न्यायाधीश चन्द्रदेव भारती, निमित्त श्रेष्तेदार दामोदर पौडेल, वैतनिक कानुन व्यवसायी अधिवक्ता पुर्ण प्रसाद हमाल सहायक जिल्ला न्यायधिवत्ता बिजयराज घिमिरेले बर्तमान कानुनी ब्यवस्था यसकाे सदुपयोग जिल्ला अदालतले दिने सेवाप्रवाह स्थानीय सरकारमा उपलब्ध कानुनी क्षेत्रधिकारका बारेमा उपस्थित समुदायलाई  जानकारी गराउनु भएकाे थियाे ।यससँगै जनतासंग सरकारी वकिल कार्यक्रम समेत संचालन गरिएको थियो

तपाईको प्रतिक्रिया