डोल्पा ः डोल्पाको मुडकेचुला गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुका समस्या बुझ्नका लागि अध्यक्षसँग विद्यालय कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
बैशाख चार गते देखि बैशाख नौँ गते सम्म यहाँका सबै वडाका विद्यालयमा अध्यक्षसँग अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
वडा नम्वर एक देखि चार गते सम्म कालिका मावि कालिकामा सबै विद्यालयसँग अन्तरक्रिया रहेको छ ।
त्यस्तै भानु आधारभुत विद्यालयमा बैशाख पाँच गते वडा नम्बर ४ का सबै विद्यालयसँग छलफल हुने भएको छ । बैशाख ६ गते गते वडा नम्बर ५ र ६ का सबै विद्यालयसँग मालिका मावि नर्कुमा अन्तरक्रिया हुने भएको प्रमुख प्रशासकीय अधिकृत रेमशबहादुर महताराले जानकारी दिए ।
अन्नपुर्ण मावि सर्मीमा वडा नम्बर ७ का सबै विद्यालयको अन्तरक्रिया हुने भएको छ । रारा आधारभुत विद्यालय ओक्टमा वडा नम्वर ८ का सबै विद्यालयसँग छलफल हुने अधिकृत महताराले बताए । चन्दननाथ आधारभुत विद्यालय होर्तमा वडा नम्बर ९ का सबै विद्यालयको अन्तरक्रिया गरिने भएको छ ।

डोल्पा न्यूज । २२ चैत्र २०८१, शुक्रबार २१:२२