ताजा समाचार

डोल्पाकाे ठुलिभेरीनगरका विभिन्न स्थानमा मोतिबिन्दु छानोट आँखा शिविर सञ्चालन हुने

डाेल्पान्युज डेक्स

डोल्पा,भदौ १४ गते । जिल्ला अस्पताल दुनै र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको आयोजनामा ठुलिभेरीका विभिन्न स्वास्थ्य संस्थामा आँखा शिविर संचालन गरिने भएकाे छ ।रुइट फाउन्डेशन काठमाडौं, ठुलीभेरी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दु छानोट आँखा शिविर सञ्चालन हुने भएको हाे।

शिविरमा आँखा जाँच तथा उपचारका लागि विभिन्न पालिकामा कार्यक्रम तय गरिएको छ। शिविर सञ्चालन मिति र स्थान यस प्रकार छन् :

भदौ १८ गते, बुधबार,स्वास्थ्य चौकी जु्फाल

भदौ १९ गते, बिहीबार ,स्वास्थ्य चौकी माम्काफाल

भदौ २० गते सामुदायिक स्वास्थ्य इकाई थरगाउ

भदौ  २२ गते सामुदायिक स्वास्थ्य इकाई तिप्ला

भदौ २३ गते, सोमबार, सामुदायिक स्वास्थ्य इकाई थाला

भदौ २४ गते, मंगलबार, स्वास्थ्य चौकी रह

भदौ २६ गते, बिहीबार , नाम्दाे शाहर्तारा

याे शिविरमा नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म गर्न सकिने र नाम दर्ता शुल्क रु. ५०० लाग्ने आयोजक संस्थाहरुले जनाएका छन।

मोतिबिन्दु अपरेशन भने जिल्ला अस्पताल, दुनैमा भदौ २९ र ३० गते निःशुल्क गरिने ।

तपाईको प्रतिक्रिया