सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजवाट देशभर एकै चरणमा सञ्चालन गर्ने भएको छ ।कार्यक्रम कार्तिक १७ देखि १८ सम्म संचालन हुने छ ।डाेल्पाका विभिन्न वडा तथा बस्तीहरुमा महिला संयमसेविका, स्वास्थ्यकर्मी द्वारा बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधी खुवाउने कार्यक्रम रहेकाे स्वास्थ्य सेवा कार्यालय डाेल्पाले जनाएको छ।सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।