ताजा समाचार
डाेल्पामा जाग्दै कांग्रेस

डाेल्पाकाे ठूलीभेरी–११  रहमा एमाले र माओवादीका  ५१ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

विष्णुप्रसाद देवकोटा

ठूलीभेरी नगरपालिका–११ रहमामा विभिन्न राजनीतिक दल परित्याग गरी ५१ जना कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

३० भदौ ०८२ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाको नेतृत्वमा वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरिएका हुन्। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढा, उपप्रमुख छिरिङ टोल्मा महतसहित नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीहरूको बाग्लाे उपस्थिति थियो।

नेपाली कांग्रेस प्रवेश गरेका कार्यकर्ताले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न दल परित्याग गरेका हुन्। पाटी प्रवेश कार्यक्रममा पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नगरप्रमुख सहितका कांग्रेसीजनलाई  रहका स्थानीयले भब्य स्वागत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले नवप्रवेशीलाई स्वागत गर्दै आगामी दिनमा सहकार्य गर्दै पार्टीलाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया