ताजा समाचार

स्यारुपाटीमा अस्थायी प्रहरी चाैकी स्थापना

डाेल्पान्युज डेक्स ।

ठुलीभेरी नगरपालिका वडा नं. ६ काे स्यारुपाटीमा अस्थायी प्रहरी चाैकी स्थापना गरिएको छ।

ठुलिभेरी-६ मा रहेका काँडाताली, दुरगाउँ, थरगाउँ र माझफाल गाउँका स्थानीयबस्ती संरक्षणकाे लागि अस्थायी प्रहरी चाैकी स्थापना गरिएको हाे।

रुकुम र डाेल्पा सिमानामा पर्ने  यार्सागुम्बा लगाएतका बहुमुल्य जडिबुटीकाे व्यपारिक केन्द्र (हब) रहेकाे हुदा शान्ति सुरक्षा संगै सुशासनको अनुभुति दिलाउन जनता समक्ष गरिएको बाचा अनुसार अस्थायी प्रहरी चाैकी स्थापना गरिएकाे  ठुलीभेरी नगरपालिका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताउनु भयाे ।

स्यारुपाटी अस्थायी प्रहरी चाैकीमा हाल असईकाे नेतृत्वमा  ७ जना सिपाही रहेका छन ।

प्रहरी चाैकी स्थापना पछि गाउँ घरमा हुने सामान्य खालका हाेहल्ला समेत पनि राेकिएकाे छ ।प्रहरी चाैकी स्थापना पछि स्थानीयले शान्ति सुरक्षाको अनुभुती गरेकाे स्थानीय बासिन्दा नगर प्रमुख बुढाका स्वकीय सचिव रेखामान बुढाले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया