ताजा समाचार

सुशासन प्रवाहको नयाँ प्रयास: त्रिपुरासुन्दरी नगरपालिकाको घुम्ती सार्वजनिक सुनुवाई

विष्णुप्रसाद देवकोटा

डोल्पा,पुष १ गते ।त्रिपुरासुन्दरी नगरपालिकाले जनतालई सुशासन प्रवाह गर्ने उदेश्यले पहिलो पटक घुम्ती सार्वजनिक सुनुवाईको थालनी गरेको छ ।

नगरपालिकाले चार महिनाको अवधीमा संचालन गरेका कार्यक्रम र विकास निर्माणमा भएगरेका कार्यप्रगतिको बारे जनतालाई जानकारी गराउनुका साथै कार्यक्रम संचालन तथा योजना कार्यन्वयनमा बस्तीस्तरमा देखिएका समस्या पहिचान गर्ने उद्देश्यका साथ घुम्ती सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गरेको हो ।

नगरपालिकाको प्रथम चौमासिक कार्यप्रगतीका बारे जनतालाई घरदैलोमै पुगेर जानकार बनाउन घुम्ती सार्वजनिक सुनुवाईको थालनी गरेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।नगरपालिका केन्द्र देखि झण्डै चार किलोमिटरको दुरीमा रहेको वडा नम्बर १० अवस्थित जनप्रभा माद्यमिक विद्यालयको प्राङ्गणमा पुगेर घुम्ती सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुग्नु भएका नगरप्रमुख जनचन्द्र रोकायाले जनताको घरदैलोमै पुगेर प्रतयक्ष गुनासो सुन्न र समस्या पहिचान गर्न घुम्ती सार्वजनकि सुनुवाई कार्यक्रम गरिएको बताउनु भयो ।

संघ प्रदेश र स्थानीय तहबाट समेतगरेर ठूलो विकास योजना २६ वटा परेको भएपनि अझै पनि सम्झौता हुन नसकेको जानकारी गराउदै पहिलाको भन्दा अहिले प्रत्येक वडामा प्राविधिकको समस्या नभएकाले समयमै कार्यक्रम तथा योजना सम्झौत ागर्न र चुस्तदुरुस्त रुपले सम्पन्न गर्न समेतनगरप्रमुख रोकायाले आग्रह गर्नु भयो ।

नगरका सबै वडाका बस्ती सडक सन्जालमा जोडि सकेको अवस्थामा वडा दशमा पर्ने दापु गाउँ अझै पनि सडकको पहुँच बाहिर रहेकाले छिटो भन्दा छिटो समझदारी गरेर जग्गाधनीले बाटो पुर्याउने तर्फ अगाडि बढ्न समेत नगरप्रभाव रोकायाले जोड दिनु भयो ।निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले नगरभित्रका विभिन्न शाखा मार्फत नगरबासीलाई प्रवाह गरिने सेवासुविधाको जानकारी गराउने, सेवाप्रवाहमा कुनै समस्या देखिए सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीले मोवाइल मार्फतको अनुरोधलाई समेत सम्बोधन गरि समस्या समाधानमा लाग्नु पर्ने ब्यवस्था गरिएको जानकारी गराउनु भएको थियो ।

सधै नगर केन्द्रमा केन्द्रित हुने सार्वजनिक सुनुवाईमा सम्बन्धित सरोकारवालको उपस्थिती सन्तोषजनक नभएपछि बस्तीस्तरमै पुगेर सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम गर्ने थालनी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धरालाको भनाई थियो ।

यस्तो किसिमको कार्यक्रममा नगरभित्रका कृषि पशु स्वास्थ्य शिक्षा लगायत प्राविधिक र योजना शाखाका प्रमुख वडा सचिब समेतले जनतालाई आफ्नो शाखाबाट प्रवाह गरिने सेवासुविधा र कानुनी प्रकृया समेत जानकारी गराउने भएकाले घुम्ती कार्यक्रमले बढी भन्दा बढि सजग र सचेतका साथै जागरुप गर्न सहयोग पुगी सुशासन कायममा मद्यत पुग्ने प्रमुख प्रशासकीय अधिकृत धरालाले बताउनु भयो ।

आगामी दिनमा त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ५ र ६ मा गरिने समेत नगरपालिकाले जनाएको छ ।कार्यक्रममा  वडानम्बर ९ १० र ११का स्थानीय बासिन्दा कर्मचारी विभिन्न वडाका वडाअध्यक्ष नागरिक समाज नगरका विषयगत कार्यलयका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

जनताकाे घरदैलोमै पुगेर सार्वजनिक सुनुवाइ कार्यक्रम गरेपनि सर्वसाधारणको उपस्थिति न्यून थियाे ।कठाङग्रीदाे जाडाकाे कारण बस्तीस्तरका नागरिकहरुकाे खासै उपस्थिति नभएपनि आयाेजक नगरपालिकाकाे जम्बाे टिमकाे उपस्थिति भने बाग्लाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!