ठुलीभेरी नगरपालिकाको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा जुद्द बहादुर रोकाया सर्वसम्मत चयन हुनु भएकाे छ । यसैगरी उपाध्यक्षमा जीत बहादुर शाही, सचिवमा गोपाल शाही, उप- सचिवमा दिपलाल कार्की र उप- सचिवमा मेनुका भण्डारी सर्वसम्मत चयन हुनु भएकाे छ ।
अध्यक्ष जुद्ध बहादुर रोकायाको अध्यक्षतामा ३५ सदस्सिय नगर कमिटी गठन भएको हाे ।कर्णाली प्रदेश सदस्य एवम ठुलीभेरी नगरपालिकाका ईन्चार्ज पूर्ण बहादुर डाँगीका अनुसार सोमवार उद्धघाटन पछि बन्दसत्रमा गएपनि राति नै भई सकेको र केही आन्तरिक पक्षमा सहजीकरण गर्नुपर्ने भएकाले मंगलवार मात्र नगर कमिटी घोषणा भएको हो ।
निर्वाचित नगर कमिटीका पदाधिकारीहरुलाइ नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले पद तथा गोपनियताको सफतग्रहण गराउनु भएकाे छ ।घोषणा सभाको आयोजना गरी नयाँ नेतृत्वलाइ डोल्पा ईन्चार्ज प्रदेश कमिटी सदस्यहरु र जिल्लाका नेताहरुले स्वागत गरेर सफल कार्यकालको शुभकामना दिएका छन ।
२०७४ मा नेकपा (एमाले) ले सरकार चलाए पनि २०७९ मा भने निकै साँघुरो हिसावले खुम्चिएको हुदा मिसन ८४ अर्थात पुन नेकपा (एमाले) ले स्थानीय सरकारको नेतृत्व लिन सक्ने गरि पर्ने समय आएको र यसका साथै नेकपा (एमाले) को वडा तहको ३ महिने अभियालाइ पनि तिव्रता दिन नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले आग्रह गर्नु भएकाे छ।
ठुलीभेरी नगरपालिकाको तेस्रो अधिवेशनले पूर्णता पाएसँगै पार्टीका सवै कृयकलापहरु दैनिक रुपमा लाग्नु पर्ने नेकपा (एमाले) केन्द्रिय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले बताउनु भयाे ।अब यो या त्यो बहानामा छुट कुनैपनि नेतालाइ छैन जो जस्ले जहाँ जुन पदको जिम्मेवारी लिए अनुसार वडामा केन्द्रित हुनुपर्छ बाेहाेराले भन्नू भयाे । नेकपा (एमाले) अझै सशक्त बनाउन यो ३ महिने अभियान चलि रहेको र यस्का साथै हरेक पालिकाले २०८२ का लागि सदस्यता समेत नविकरण गर्नुपर्ने सूचना जारी गरी सकेको छ ।