ताजा समाचार

आज प्रधानमन्त्री ओली सुर्खेत आउदै

उनले कर्णाली प्रदेशसभालाई पनि विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । श्रोतका अनुसार ओली शुक्रबार बिहान ११ बजे सुर्खेत आइपुग्ने कार्यक्रम छ । सुर्खेत विमानस्थलबाट प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डा. लिलाधर तिवारीले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा शुक्रबार बिहान साडे ११ बजेटबाट दीक्षान्त समारोह उद्घाटन हुने बताए ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले दीक्षान्त दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन् । सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको समेत उपस्थिति रहने दीक्षान्त समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामाको प्रमुख आतिथ्यता रहनेछ । दीक्षान्त समारोहमा तीन हजार ८ सय ४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् । दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।
प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन् । तीन वर्षअघिनै निर्माण सम्पन्न भएर पठन–पाठन भइरहेको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी गरिएको छ । सानो सुर्खेतमा रहेको इन्जिनियरिङ भवनको उद्घाटनपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली प्रदेश रङ्गशालाको निरीक्षण गर्ने कार्यक्रम छ । आगामी जेठमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता त्यसै रंगशालामा उद्घाटन हुनेछ । त्यसपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किने बताईएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!