डोल्पा,असोज २३ गते ।पहिलो पटक अन्तर जिल्ला सिमावर्ती पालिकाका जनप्रतिनिधिको बैठक जिल्ला समन्वय समिति डोल्पामा सम्पन्न भएको छ ।बैठकले भेरिकरिडोर अन्र्तगतको तल्लुवगरस्थित निर्माणधिन बेलिब्रिजको निर्माण गति बढाउने देखि जिल्लामा उत्पादन भएका पशुबस्तु र कृषिजन्य बस्तुको आयतनिर्यातमा सहजता ल्याउने निर्णय गरेको छ ।जिल्ला समन्वय समिति डोल्पाका उपाध्यक्ष तेजेन्द्र बहादुर बुढाको अध्यक्षतामा भएको बैठकमा ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढा आठबीसकोट नगरपालिका रुकुम पश्चिमका नगरप्रमुख रबि केसी प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल राष्ट्रिय अनुसन्धानका जिल्ल प्रमुख बसन्त कडेल प्रहरी नायव उपरिक्षक शिब बुढाथोकी ठुलिभेरीनगरका वडानम्बर १ र ३ का वडाअध्यक्ष तेजेन्द्र रोकाया, भक्तबहादुर भण्डारी,रुकुम पश्चिम वडानम्वर ५ का वडाअध्यक्ष घनश्याम भण्डारी वडा १० का वडअध्यक्ष गणेश बहादुर शाही र नागरिक समाजकाअध्यक्ष शेरबहादुर बुढा लगायतको सहभागिता रहेको ठुलिभेरी नगरप्रमुख सचिवालयका सचिव रेखामान बुढाले जानकारी दिए ।बैठकले भेरिकरिडोर अन्र्तगत रुकुमपश्मिको तल्लुवगरदेखि डोल्पाको दुनै सम्म संचालन भइएरहेका यातायातको भाडादर ब्यवस्थित गर्नुपर्ने सडकखण्डको स्तरउन्नतीका साथै हाल तललुमा निर्माणधिन बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न नहुन्जेल सम्मको लागि बैकल्पिक ब्यवस्था गर्नु पर्ने दुई सिमावर्ती पालिकाको समधुर सम्बन्ध कायम राख्ने लगायतको निर्णय भएको नगरप्रमुख श्ववर्ण बुढाले बताउनु भयो ।
अन्तरजिल्ला सिमावर्ती दुई पालिकाका प्रमुख तथा समन्वय समितिका उपाध्यक्ष लगायत जिल्लास्थि सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा भएको निर्णयले आगामी दिनमा सडक यातायात लगायतका विषयमा सर्बसाधारणले भोग्दै आएको समस्या अन्त्य हुने आफु विश्वस्त रहेको पनि नगरप्रमुख बुढाले बताए ।यसैवीच ठुलिभेरीका नगरप्रमुख बुढा र आठवीसकोट रुकुम पश्चिमका नगरप्रमुख रवि केसी वीच नगरप्रमुख बुढाको सचिवालयमा शिस्टचार भेटवार्ता समेत भएको छ ।भेटवार्ताको क्रममा अन्तरजिल्ला सिमावर्ती पालिकाबीच आगामी दिनमा अझै सम्बन्ध सुदृढ हुनेमा विश्वास लिइएको ठुलिभेरी नगरपालिकाले जनाएको छ ।