ताजा समाचार

त्रिपुरासुन्दरीले समय ब्यवस्थापनमा कहिले देला ध्यान

विष्णुप्रसाद देवकोटा

डोल्पा,पुस २८ गते ।हामीले समयलाई पर्खन सक्छौ तर समयले हामीलाई कहिल्यै पर्खदैन ।जसले समयलाई चिन्दैन उ कहिल्यै अगाडि बढ्न सक्दैन ।

सन्दर्भ त्रिपुरासुन्दरी नगरपालिकाले आयोजना गर्दै आएका विविध कार्यक्रममा प्रमुख अतिथि पखाईले समयलाई पारेको बर्बादीको हो ।

काँही नभएको जात्रा हाँडी गाउँमा भने जस्तै कतैनभएको प्रमुख अतिथि त्रिपुरासुन्दरी नगरपालिकालाई चाहिने मनोगतभावले नगरपालिकालाई आर्थिक भार त परेकै छ त्यसैमा सहभागि निहत्था नगरवासीको समयलाई बर्बादी समेत पार्र्दै आएको छ ।

२०८० पुस २८ मा पनि नगरको दशौ हिँउदे नगरसभामा सहभागिका लागि सबैलाई विहान दश बजे उपस्थित हुन भन्दै पत्रचार गरिएको थियो ।

कार्यक्रमस्थलमा निमन्त्रणा गरेअनुरुप प्रमुख अतिथि वाहेक सबै अतिथि समयमै कार्यक्रमस्थल नगर केन्द्रमा पुगेका थिए ।प्रमुख अतिथि को हो भन्ने समेत कार्यक्रम आयोजकलाई थाहा थिएन ।

अवसर पारेर जनतासंग मेयर कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम पनि राखिएको थियो ।

विचरा असहाय अपाङ्ग अशक्त महिला पुरुष जेष्ठनागरिक कहिले कार्यक्रम शुरु होला भन्दै समयको औला भाच्दाभाँच्दै अपरानह्रको दुई बजे प्रमुख अतिथिको उपस्थिती नहुदै आखिर कार्यक्रम शुरु भयो ।

पुसको मुटु कमाउने जाडोमा नगरको आमन्त्रणलाई स्वीकार गरी आएका जेष्ठ नागरिक जाडोले आच्छु आच्छु भन्दै सम्मानका लागि प्रतिक्षारत थिए ।

प्रमुख अतिथि नभई नहुने नगर र समयको पावनदीलाई ख्याल्यै नगर्ने प्रमुख अतिथिले समयलाई पार्दै आएको वर्वादीको गाँठोलाई फुकाउने तर्फ सम्बन्धित पक्षले कहिले सोच्ने ।

नगरले ऐतिहासिक रुपमा पहिलो पटक आयोजना गरेको त्रिपुरा सास्कृतिक महोउत्सब २०८० तथा तेस्रो मेयरकप खुल्ला पुरुष भलिबल तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उदघाटन गएको कार्तिक १५ भयो ।

ऊ बेला नगरको निमन्त्रणालाई बहालवाला जिल्लाका प्रदेश तथा संघीय सांसद र प्रदेश मन्त्री कसैले वास्ता गरेनन् ।

समय छैन भन्दै मौनरुपमा इन्कार गरे ।तर पनि महोउत्सब तामझामका साथ सम्पन्न भयो ।उच्च ओहदाको प्रमुख अतिथि नआउदैमा महोउत्सब नचलेर बन्द भयो त ? आखिर राम्रैसंग चलेर नै सम्पन्न भयो ।

जिल्ला समन्वय प्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु अजायज त पक्कै होइन तर कार्यालयको काममा नागरिकको सेवाप्रवाहमा खटिनु पर्ने जिल्लास्थित सरकारी कार्यालयका उच्च अधिकारीलाई राजनीतिक रुपमा सम्मान दिनु कत्तिको जायज छ कि छैन हामीले मनन् र चिन्तन गर्नु आवश्यक छ ।

फेरी प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्दा आयोजकले र प्रमुख अतिथिले समयको ब्यवस्थापनलाई ध्यान दिन आश्यक छ कि छैन ? त्रिपुरासुन्दरी नगरपालिकाले जिल्लास्थित प्रमुख जिल्ला अधिकारी प्रहरी नायब उपरिक्षक अनुसन्धान अधिकृत लगायतका उच्च सुरक्षाअधिकारी र प्रमुखलाई आमन्त्रण गरे कार्यक्रम सफल नगरे असफल हुने हो कि ? कि त समयलाई चिन्न नसकेर उदोगति तर्फ ओरालो लाग्ने दुश्प्रयासमा नगरका प्रमुख जनचन्द्र रोकाया र प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपाली लागेका हुन ।

कि वाहिरी हल्ला जस्तै तिमि हामी मिलेर खाउ भाले भएर गरिएको ताण्डप नृत्यलाई दुधको साँक्षि विरालोको रुपमा समन्वय र जिल्लास्थित उच्च अधिकारीलाई राख्नका लागि प्रमुख अतिथि प्रतिको नगरको मरिहत्ते हो ।

यसो त पक्कै होइन होला किनकी लामो समय प्रशासकीय अनुभव संगालेका कार्यकारी र मिजासिला कसैको कुनै कुरालाई हुदैन भनेर इन्कार नगर्ने मुस्कानले नै मख्ख पार्ने क्षमतावान नगर प्रमुख त्रिपुरासुन्दरी नगरवासीले पाउनु शौभाग्य हुनु पर्छ ।

त्रिपुरासुन्दरी नगरपालिका जिल्लाका अन्य नगर र पालिका मध्येको फरक महत्व र लक्ष्यका साथ अगाडि बढेको पालिका हो ।यसले लिने उद्ेश्य लक्ष्य र कार्यदिशा पनि निश्चित रुपमा अन्य पालिकाको भन्दा पृथक छ ।

दशौ हिँउदे नगरसभामा विशेष अतिथि बनेका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल र नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले समय ब्यवस्थापनमा ब्यक्त गरेको असन्तुष्टीलाई समेत मनन् गर्ने हो भने पनि त्रिपुरासुन्दरी नगरपालिका परिवार हचुवाको भरमा विना तयारी कार्यक्रम संचालन गर्ने गरेको पुष्टि गर्छ ।विशेष अतिथि र अतिथि दाहाल र बुढाले पुन आगामी दिनमा गल्ती दाेहारिए आफुहरु कार्यक्रममा सहभागी नहुने समेत बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यक्रममा सहभागि हुने अधिकाँश सहभागि अतिथि र सर्वसाधारणले नगरले संचालन गर्ने सार्वजनिक कार्यक्रम नगर कर्मचारी मैत्रि हुने गरेको अनावश्यक समयको बर्बादी नगरका कर्मचारीलाई आसन ग्रहण र मन्तब्यमा दिने समेत गरेको गुनासो पोख्दै आएपनि अझै नगरले आफुलाई सुधार गर्न सकेको देखिदैन ।

जे होस त्रिपुरासुन्दरी नगरपालिकाले लिएको लक्ष्य उद्ेश्य र कार्यदिशालाई सफलीभुत गराउन समयको ब्यवस्थापनसंगै मितब्यीता तर्फ लाग्नु जरुरी छ ।

पुन आगामी दिनहरुमा आयोजना गरिने सार्वजनिक हुन या कार्यालयीय कार्यक्रम निश्चित समय र लक्ष्यका साथ सम्पन्न हुन ताकी प्रमुख अतिथि नभईनहुने मरिहत्ते मनोगत भावबाट नगरले मुक्ति पाओस ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!