ताजा समाचार

डाेल्पामा उत्पादित सिमिलाई ब्राण्डिङ गरिने:कृषकका लागि दश दिने तालिम दुनैमा शुरु

हिमाली जिल्ला डाेल्पामा उत्पादित सिमीलाई ब्राण्डिङ गरिने भएकाे छ ।गुणस्तरीय र स्वादिष्ट सिमी उत्पादन हुने जिल्लाकाे रुपमा परिचित डाेल्पामा पछिल्लाे समय सिमिलाई ब्राण्डिङ गरिने भएकाे हाे ।सिमिकाे ब्राण्डिङका लागि उपभाेक्ताहरुलाई दस दिने सिमि प्रशाेधन तालिम सदरमुकाम दुनैमा शुरु भएकाे छ ।

उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाकाे आयाेजनामा दश दिने सिमी प्रशाेधन तालिम सुरु भएकाे हाे। डाेल्पामा उत्पादित सिमीलाई ब्राण्डिङ गरि बजारीकरण गर्ने उदेश्यले स्थानीय कृषकहरुलाई दश दिने तालिम दिन लागिएको उद्योग तथा उपभाेक्ता हित संरक्षण कार्यालयले जनाएकाे छ ।।

डाेल्पामा विभिन्न जातका सिमी उत्पादन हुने तर बजारीकरणमा समस्या भएकाे हुदा तालिम अवधिभर कृषकले सिमीलाई लेबलिङ, प्याकिङ र बजारीकरण गर्ने सम्बन्धि सिकाईने छ।

मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका ,त्रिपुरासुन्दरी नगरपालिका , ठुलीभेरी नगरपालिका र काईके गाउँपालिका भित्रका कृषकहरु तालिमा सहभागी छन।

सिमी प्रशाेधन तालिमबाट सिकेकाे सिपलाई व्यवहारीक रुपमा प्रयाेग गरि ब्राण्डिङ बजारीकरणमा जाेड दिन कृषकहरुलाई जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले आग्रह गर्नुभएको छ।

डाेल्पामा उत्पादन भएकाे सिमीलाइ ग्रेडिङ प्याकिङ गरेर बजारीकरण गरियाे भने कृषक तथा उधमीले राम्रो आम्दानी गर्ने बिश्वास रहेकाे जिसस प्रमुख राेकायाले भनाई थियाे । तालिम मात्र लिने तर व्यवहारीक काममा उपयाेग नहुदा  राज्यको लगानी मात्र खेर फाल्ने हाे भने सहभागीकाे कुनै अर्थ नराख्ने जिसस प्रमुख राेकायाले बताउनुभयो ।

सिमी प्रशाेधन तालिमले कृषकहरुलाई व्यवस्थित व्यवसायी बनाउने उदेश्य रहेकाे उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाका प्रमुख खिम प्रकाश शाहले बताउनुभयो।

डाेल्पा सिमी उत्पादनमा राम्रो पकड भएकाे हुदा तालिम पछि सहभागीहरुले सिपकाे सदुपयोग गर्ने विश्वास रहेकाे शाहले बताउनुभयोजिल्लाका मुड्केचुला र काइके गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना अन्तर्गत सिमि जाेन क्षेत्र विस्तार कार्यक्रम लागू भइ सिमिकाे उत्पादकत्व बढाउन ब्यवसायिक सिमि खेती गरिदै आएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!