पुर्ण सार्की/डोल्पा:जिल्ला प्रहरी कार्यालय डोल्पाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) डा. हेम बहादुर के.सी.ले पत्रकारहरूलाई समय सापेक्ष रुपमा परिवर्तन हुन आवश्यक रहेको बताएका छन्।
भर्खरै मात्रै सरुवा भएर डोल्पा आएका डिएसपी केसीले स्थानीय पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकारिता देश र जनताको वकालत गर्ने माध्यम भएकाले पत्रकारले आवाजविहीनहरूको आवाज बन्ने दायित्व बहन गर्नुपर्ने बताए।
उनले पत्रकारिताको मूल्य र मर्यादालाई आत्मसात गर्दै सूचना प्रवाहलाई जिम्मेवार ढंगले अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा डिएसपी के.सी.ले पत्रकारहरूले भोगिरहेको समस्या सुन्दै तिनीहरूको समाधानका लागि प्रहरी प्रशासन सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी जिल्ला स्थित पत्रकारहरूले पनि सूचना प्रवाहका क्रममा भोग्नु परेका समस्या र चुनौतीबारे धारणा राखेका थिए।

डोल्पा न्यूज । २१ बैशाख २०८२, आईतवार ०९:१०