ताजा समाचार

डाेल्पाकाे मुड्केचुलामा आगलागी एक घर जलेर नष्ट:२० लनखबराबरकाे क्षेति

डाेल्पाकाे मुड्केचुला गाउँपालिका-३ स्थित प्यारी भन्ने ठाउँमा आगलागी हुंदा एक घर जलेर भग्नावशेष भएकाे छ । कालिका  निबासी हरि बहादुर सिंहको डोल्पा र जाजरकोट को सिमानामा पर्ने प्यारी भन्ने ठाँउमा रहेकाे घरमा आगलागी भएकाे हाे ।

माटाे  ढुङ्गा र काठले निर्मित दुई तले  घर गोठ आग्लगी हुदा घरमा भएको  खाद्यान्न लट्टा कपड़ासहित दुई ओटा बाख्रा समेत जलेका छ्न ।आगो निभाउने  क्रममा एक जना गम्भीर घाइते भएकाे स्थानीय लिलराज राेकायाले जानकारी दिनु भयाे ।

यसैगरी  मौरीका घार पाँच मकै एक भकारी सहित लुगालत्ता कपडा जलेर नष्ट भएकाे छ ।पशुबस्तु लत्ताकपडा अन्नपात र भवन समेत गरेर झण्डै २० लाख बराबरकाे क्षति भएकाे बताइएको छ ।

आगलागी भएकाे खवर प्राप्त पछि स्थानीयहरु गएर आगाे नियन्त्रणमा लिएर निभाएका थिए ।

आगाे निभाउने क्रममा हरिबहादुर सिंह जलेर गम्भीर घाइते भएकाे भएपनि उपचारमा समस्या देखिएकाे आगलागी पीडित सिंहका आफन्तले बताएका छन ।

लामाे समयदेखि खडेरी भएपछि डाेल्पामा आगलागीका घटनाहरु दिनप्रतिदिन बढ्दै जानथालेका छन ।आगलागी र डढेलाेबाट समयमै बच्नकाे लागि सम्बन्धित निकायले बेलैमा सचेतनामुलक कार्यक्रम गर्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!