ताजा समाचार

कर्णाली सरकारलाई थप मजबुत बनाउने दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।

नेपाली कांग्रेस प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा सरकारको कामकारवाहीको समिक्षा गर्दै गठबन्धनमा विश्वासका साथ अघि बढ्ने र सरकारको कामलाई पारदर्शी तथा क्रियाशील बनाउने विषयमा छलफल भएको हो ।

नेपाली कांग्रेस प्रदेश कार्यालय, गणेशचोकमा भएको बैठकमा सरकार सञ्चालनका लागि समझदारी कायम गर्ने, गढबन्धनको संस्कारअनुसार चल्ने तथा संवाद र सहमतिमा अघि बढ्नेलगायत विषयमा निचोड निकालिएको संयन्त्रले जनाएको छ ।

बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, कर्णाली प्रदेश अध्यक्ष गुलावजङ शाह सहभागी हुनुहुन्थ्यो ।

झण्डै ३ घण्टासम्म चलेको बैठकमा मुख्यमन्त्री कँडेलले सरकारले गरिरहेका कामबारे जानकारी गराउनुभएको एमाले अध्यक्ष शाहले बताउनुभयो । कांग्रेस सभापति शाहीले गठबन्धनलाई थप बलियो बनाएर लैजानेबारे छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार ८ बुँदे सहमति कार्यान्वयन हुनेबारे पनि नेताहरुबीच एकमत भएको छ ।कांग्रेस संसदीय दलका नेता शाहीले प्रदेश सभाकाे बैठकमा दिएकाे अभिब्यक्तिले सरकार संकटमा परिसकेकाे बताइएकाे बेला संयन्त्रको बैठकले कांग्रेसले राखेका मागकाे हुबहु पूरा गर्ने सहमतिमा सरकार अगाडि बढ्ने मुख्यमन्त्री यमलाल कडंलले प्रतिबद्धता जनाउनु भएपछि सरकारलाई थप मजबुत बनाएर संचालन गर्ने निर्णय दुई दलिय संयन्त्रले गरेकाे बताइएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!