ताजा समाचार

नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्पकाे धक्का

विष्णुप्रसाद देवकोटा

सुर्खेत पुस ६ गते ।

नेपाल केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । जनतालाई आपतकालिन र प्रकोपहरूको लागि तयारी गर्न, प्रतिक्रिया दिन र न्यूनीकरण गर्न शिक्षित र सशक्त बनाउन डिजाइन गरिएको अमेरिकी सरकारको वेवसाइट रेडीका अनुशार पश्चिम नेपालको बाजुराको गोत्रीदेखि २ माइल नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षति भए नभएको विवरणप्राप्त भएको छैन । तर नेपालको पश्चिम भागका जनताहरुले भूकम्पको धक्का अनुभव गरेको सामाजिक सञ्जालहरुमा लेखेका छन् । भूकम्पको धक्का नेपालसहित भारत र चीनमा समेत अनुभव गरिएको छ ।पश्चिम नेपालका विभिन्न जिल्लामा फरक फरक समयमा सर्वसाधारण भुकम्पकाे धक्का महशुस गरेका हुन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!