विष्णुप्रसाद देवकोटा
पशु अस्पताल तथा पशु सेवा कार्यालयद्वारा संचालित पशुसेवा बेरोजगार प्राविधिककाे लागि राेजगार कार्यक्रम प्रभावकारी भएकाे पाइएकाे छ ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय मार्फत संचालित कार्यक्रमहरुकाे प्रभावकारीता सम्बन्धि गरिएकाे स्थलगत अनुगमन तथा निरीक्षणकाे क्रममा कार्यक्रम प्रभावकारी भएकाे पाइएकाे हाे ।
ठुलिभेरीनगरपालिका- ५ लाहारामा अनुगमन गर्न पुगेकाे जिल्लास्तरीय अनुगमन टाेलिले पशुसेवा सम्बन्धि अध्यान गरेर पनि बेराेजगार बनेका स्थानीय बलबहादुर बुढाले बेराेजागार कार्यक्रम अन्तर्गत एकल रुपमा गरिएकाे बाख्रापालन ब्यवसाय प्रभावकारी भएकाे पाएकाे हाे ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय मार्फत बेराेजगार प्राविधिकलाई राेजगार कार्यक्रम अन्तर्गत छनाैट भएका बुढाले बाख्रा पालन ब्यवसायका लागि २ लाख २५ हजार नगद अनुदान प्राप्त गरेका थिए ।उक्त अनुदानबाट प्राप्त रकमबाट २७ बाख्रा र १ बाेका समेत खरिद गरेर ब्यवसाय शुरु गरेका छन ।
ब्यवसाय शुरु गर्नु अघि त्रिपुरासुन्दरी नगरपालिका-५ खदाङस्थित हरियापानी बाख्रापालन स्राेत केन्द्रमा एक महिना सम्म कार्यगत तालिम समेत लिएका थिए ।
कार्मलयवाट संचालित याेजना तथा कार्यक्रमहरुकाे सराेकारवाला सहितकाे स्थलगत अनुगमन तथा निरीक्षण गराउदै आएकाे पशु अस्पताल तथा पशुसेवा कार्यालय डाेल्पाले उक्त बुढाकाे एकल ब्यवसाय समेत अनुगमन गरेकाे थियाे ।
कार्यक्रम अनुगकन गर्न जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायाका स्वकीय सचिव ओमबहादुर राेकाय पशु अस्पताल तथा पशुसेवा कार्यालयका छैटौं अधिकृत नवराज न्याैपाने प्राविधिक अर्चना बुढा र पशु विमाका निर्माण राेकाया सहितकाे टाेलि बुढाकाे एकल ब्यवसाय अनुगमन गर्न पुगेकाे थियाे ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयमार्फत संचालित बेराेजगार प्राविधिकलाई राेजगार कार्यक्रमका लागि बलबहादुर बुढा सहित अन्य तीन जना बेराेजगार प्राविधिकले सहयाेग प्राप्त गरेका छन ।