डाेल्पान्युज डेक्स
शे फाेक्सुण्डाे गाउँपालिकाकाे भिजेरमा बाढीले कराेड बढिकाे क्षेति पुर्याएकाे छ ।
०८१ साउन १३ गते परेकाे अविरल बर्षाका कारण आएकाे बाढीले वडानम्वर ५ भिजेरमा कराेड बढिकाे क्षेति पुर्याएकाे हाे ।
अपरान्ह ३ बजेतीर आएकाे बाढीले भिजेर गाउँबस्ती संरक्षणकाे लागि एक कराेड खर्च गरेर निर्माण गरिएकाे तटबन्धन,खानेपानीको पाईप,पालिकाले लगाएकाे पाँच सय बैयसका विरुवा सुरक्षार्थ निर्माण गरिएकाे तारजाली सहितकाे घेरावार समेतमा क्षेति पुर्याएकाे छ ।
शे फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ ले बाढीले सिचाइ घेरावार तटबन्ध लगायत बृक्षाराेपण गरिएका विरुवामा समेत गरेर झण्डै डेढ कराेड बराबरकाे क्षेति पुर्याएकाे बताउनु भयाे ।
गाउँबस्ती सुरक्षार्थ एक कराेडकाे लगानीमा निर्माण गरिएकाे तटबन्ध समेत बाढीले भत्काएर लगेपछि भिजेर गाउँ नै असुरक्षित भएकाे अध्यक्ष गुरुङले बताउनु भयाे ।