काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।
बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको एक मन्त्रीले जानकारी दिनु भयाे।
काँग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

डोल्पा न्यूज । १९ असार २०८१, बुधबार २१:२१