ताजा समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट डाेल्पामा फागुन पछि मात्र

आज मंगलबारदेखि १० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप  लगाइदै छ ।

प्रधानमन्त्री केपी ओलीले काठमाडौंको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट  खोप अभियानको शुभारम्भ गरेका छन ।

हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ ।विश्व क्यान्सर दिवसको अवसर पारेर सञ्चालन गर्न लागिएको एचपिभी खोप अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयाे।

हिमाली जिल्ला डाेल्पामा फागुनकाे १५ पछि मात्र खाेप

काठमाडौं लगायत तराई र मदेश क्षेत्रका जिल्लाहरुमा आजवाट खाेपकाे शुभारम्भ गरिएपनि अत्याधिक जाडाे प्रतिकुल माैसम र विद्यालय बन्द रहेका कारण फागुन १५ पछि मात्र खाेप लगाइने बताइएको छ ।

जिल्ला अस्पताल दुनैका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले विद्यालयमा हिउँदे विदा भएकाे र प्रतिकुल माैसमका कारण उपल्लो डाेल्पामा आवतजावतमा समस्या भएकाले ताताे ढल्केपछि फागुनकाे १५ पछि मात्र खाेप लगाइने र त्यसकाे लनगि ब्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेकाे बताउनु भयाे ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै खोप पूर्ण रूपमा सुरक्षित घोषणा गरेकाले कुनै शंका गर्नु नपर्ने उहाको भनाइ छ ।

‘यो पाठेघरको मुखको क्यान्सरबाट जोगाउने खोप हो, यसमा लक्षित समूहका कोही पनि बालिका छुट्नुहुँदैन, यसको एउटा खोप नै पूरा डोज मानिन्छ,’ उनले भने, ‘देशभरका सबै स्थानीय तह र विद्यालयहरूले तोकिएको समयावधिभित्र खोप अभियान सञ्चालन गर्नेछन् ।’

मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ७० करोड पाँच लाख मूल्यको १७ लाख ७० हजार २० डोज खोप ल्याएको छ । यसमा १२ करोड हाराहारी बजेट नेपाल सरकारले खर्च गरेको छ

खोप कार्यक्रमका लागि केन्द्रबाट स्वास्थ्य सेवा विभागले समन्वय गरेको छ भने हरेक जिल्लाको जनस्वास्थ्य कार्यालय, पालिका हुँदै विद्यालयबाट खोप वितरण गरिँदै छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका निजी र सरकारी गरी १८ हजार नौ सय विद्यालयबाट सो खोप लगाइँदै छ ।

खोप अभियानका लागि सरकारले ५४ हजार १६० स्वयंसेवक परिचालन गरेको छ भने १५ हजार ६७५ सुपरिवेक्षक खटाएको छ । यो अभियानको व्यवस्थापनमा मात्रै तीन करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हाल यो खोप विश्वका १४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ । यो खोप सन् २००६ देखि प्रयोगमा ल्याइएको हो ।

भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने जोखिम देखिएकाले रोकथामका लागि हाल एउटा उमेरतह तोकेर खोप कार्यक्रम गर्न लागिएको हो ।

यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ ।

विश्वमा महिलालाई सबैभन्दा धेरै स्तन क्यान्सर हुने गरेकामा मृत्युदर भने पाठेघरको मुखको क्यान्सरबाट धेरै रहेको डा. गौतमले बताउनु भयाे । खोप प्रयोग भएका देशमा पनि १० देखि १४ वर्षका बालिकामा प्रभावकारिता बढी देखिएको र कुनै साइडइफेक्ट नभएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार हरेक वर्ष पाठेघरको क्यान्सरका कारण विश्वमा तीन लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ ।

विद्यालयबाहिरका बालिकालाई अन्तिम दिन खोप लगाइने

एचपिभी खोप लगाउने लक्षित बालिका विद्यालयको पहुँचबाहिर पनि छन् । यस्ता बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्रमार्फत खोप लगाइनेछ । स्थानीय स्वास्थ्य चौकी, स्वास्थ्य संस्था, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतमा यस्ता खोप केन्द्र तोकिएको छ ।

पालिकाभित्रका विद्यालयका बालिकालाई खोप लगाइसकेपछि मात्रै विद्यालयबाहिरका बालिकालाई खोप लगाइनेछ । तर, विद्यालयबाहिरका भए पनि सीमा क्षेत्र, औद्योगिक क्षेत्र र विभिन्न कलकारखानाका लक्षित बालिकालाई भने उनीहरूको कार्यक्षेत्रमै खोप केन्द्र राखेर विद्यालयमा खोप लगाउने अवधिभित्रै दिइनेछ ।

विद्यालयमा ६ फागुनसम्म खोप लगाउने योजना भए पनि एक–दुई दिन ढिलोचाँडो पनि हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० कक्षामा पढ्ने कतिपय बालिका १५ वर्ष उमेरका छन् भने वा कतिपय ११ मा पढ्ने १४ वर्षका भए पनि उनीहरूलाई पनि खोप दिइनेछ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!