पुर्ण सार्की/ डोल्पा न्युज :डोल्पाको त्रिपुराकोटमा मोटर साइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन्। आज अपरान्ह ४ बजे तिर रा३प ४२५ नं को पल्सर १५० सिसीको मोटरसाइकल अनियन्त्रित भै दुर्घटना हुँदा सल्यान जिल्लाका १९ वर्षीय चालक विकास विक र उनी सगै पछाडि बसेका सल्यानकै १८ वर्षीय गोपाल विक घाइते भएका हुन्।
डोल्पाको प्रसिद्ध धार्मिक स्थल श्री बाला त्रिपुरासुन्दरी मन्दिर दर्शन गरी फर्कने क्रममा त्रिपुरासुन्दरी नगरपालिका ०१त्रिपुराकोटको मूलछरा नजिक दुर्घटना परी घाइते भएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ। घाइते दुवैलाई थप उपचारको लागि जिल्ला अस्पताल डोल्पा लगिएको समेत प्रहरी बताएको छ।