टेक शाही
डोल्पा मङ्सिर २७ गते ।
हिमाली जिल्ला डाेल्पामा पछिल्लाे समयमा पनि आम्ची प्रतिकाे जनविश्वास बढ्दाे छ ।
आम्चीको (लुम) उपचार बिधिमा बिरामीको बिश्वास बढ्दै गएकाे हाे ।उपल्लो डोल्पाको भाेट क्षेत्रमा पुस्तौदेखी गरिदै आएको आम्ची उपचार बिधिले हाल सबै क्षेत्रमा आफ्नाे क्षेत्र विस्तार गर्दै गएकाे पाइएकाे हाे ।
शे-फोक्सुण्डो गाउँपालिका-४ का ५५ बर्षिय आम्ची पेम्बाछोईवेल (पेछे) दुईदशक भन्दा धेरै समयदेखी आम्चीको (लुम) उपचार बिधि मार्फत बिरामीको उपचार गर्दै आएकाछन ।
हिमाली भेगमा पाइने एक सय भन्दा धेरै जडिबुटीहरुको मिश्रणबाट गरिने यो उपचार विधिले विरामीकाे राेग निदान समेत हुन थालेपछि यस प्रति जनविश्वास बढ्न थालेकाे हाे ।
आम्चीको (लुम) उपचार बिधिबाट सबैभन्दा धेरै चिसोबाट लाग्ने रोगका बिरामीका लागि उत्तम रहेको स्थानीय उर्गेन बुढाले बताएउनु भयाे। एलोपेथिक भन्दा पनि माथिल्लो डोल्पाका नागरिकले आम्चीको (लुम) बिधिकै उपचारमा बिश्वास गर्ने र बिरामी पनि यो बिधिमा उपचार पछि ठिक हुने उर्गेनकाे दावी छ ।
हरेक बर्ष ६० जना भन्दा धेरैको उपचार गर्दै आएको छु तर हाल उपचारमा प्रयो गरिने जडिबुटीको उत्खनन अत्याधिक हुदै गएको कारण जडिबुटी संकलनमा कठिन हुने भएकोले औषधि उत्पादन कम हुदा उपचार पनि कम हुने गरेको छ आम्ची पेक्षेले भन्नू भयाे। (
आम्चीको (लुम) बिधिवाट गरिने उपचार शरिरका बिभिन्न भागहरुको दुखाई,जोर्निको दुखाई,नशामा आउने समस्या,महिलाहरुको पाठेघरको समस्याहरु,शरिरका अरु दुखाइको बिषेश उपचार हुने गरेको छ ।
दिनमा ३ पटक र एक हप्तासम्म नियमित जडिवुटीको औषधिबाट गरिने यो उपचारले धेरैको रोग निको पारेको बिरामी पेम्बा गुरुङ्गले बताउनु भयाे ।
अहिले पनि थप उपचारमा रहेका पेम्बाले भने धेरै अस्पतालमा गएर निको नभएको दुखाइ आम्चीको (लुम) उपचार बिधिबाट गरेपछि ठिक भयो हाल म स्वस्थ भएको छु उहाँले भन्नू भयाे ।
नेपालका बिभिन्न अस्पतालमा गएर १० लाख भन्दा धेरै खर्च गरेका त्रिपुरा सुन्दरी नगरपालिका ७ का धनचन्द्र रोकायाले पनि यहि आम्चीको (लुम) बिधिको उपचारबाट रोगवाट मुक्त पाउनु भयाे। ५० बर्ष भन्दा धेरै उमेरका धनचन्द्रले नियमित ३ महिना उपचार गरेपछि उनको जोर्नि र नशाको रोग निधान भयो हाल उनि सहजै हिड्न सक्ने भएका छन ।
चिसोका कारण जोर्निमा आएको समस्याले घरमा थलिएका भिजेर ५ का लामो गुरुङ्ग पनि यहि बिधिको उपचारबाट निको भएं ।
आम्ची पेम्बाछोइबेल (पेक्ष)ले माथिल्लो डोल्पामा घरमा आफ्नै निजी आम्ची राखेर बिरामीलाई औषधि दिन्छन र उपचार गर्छन भने दुनैमा आएको बेलामा पनि घरमा भएका साधनस्रोत प्रयोग गरेर विरामीको उपचार गरिरहेका हुन्छन ।
डोल्पाका सबैजसो क्षेत्र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्ने भएकाले जडिबुटी संकलमा समेत समस्या हुनुका साथै भएको जडिबुटी पनि ब्यापारीले उत्खनन गरेर उजाड कनाउदै लगेकाले झनै समस्या रहेको आम्ची पेम्बाछोइबेल (पेक्ष)काे दुखेसो छ ।