ताजा समाचार

“बाढीले ज्यान त लैजान पाएन, तर जीउको आत्मा नै खोसेर लग्यो।” बाढी पीडित धनलाल

✍️ विष्णुप्रसाद देवकोटा |

डोल्पा – , असार १४ गते ।घर मात्रै होइन, पहिचान गुम्यो धनलाल सुनारका लागि त्यो रात सम्झनु नै यातना हो। उनी भन्छन्, “बाढीले ज्यान त लैजान पाएन, तर जीउको आत्मा नै खोसेर लग्यो।डाेल्पाकाे काइके गाउँपालिकामा पर्ने रिबका धनलाल सुनार मात्रलाई हाेइन उनी संगै एउटै गाउँका मनिराज बिक सुरेन्द्र बिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर खड्का  मात्रनभई सिङ्गो बस्ती वेचैन छ यत्तिखेर ।

एक सासमा सपना देखिने डोल्पाको रिब गाउँ अहिले बाढीले लथालिंग बनाएको एउटा दुःखद दृश्य हो। असार १२ गते मध्यराति, वर्षाले झनक्क गरेर गाउँमाथिबाट पाखेधार उर्लिएपछि सबैथोक तहसनहस बन्यो। बाढीको सुई नपाउँदै खोलो बस्तीभित्र पस्यो। पानी, माटो, ढुंगा र रूखसहितको त्यो खतरनाक भेलले गाउँको मुटु नै च्यातिदियो।

मनिराज बिक आत्तिएका छन्, बोली सुस्केरा र आँसुमा मिलिन्छ। “घर त परै जाओस् हजुर, झुप्रोले जोगाएको जिन्दगी पनि अहिले नाङ्गै उभिएको छ,” उनले संचारकर्मीसंग भने। विद्यालयका प्रधानाध्यापक कृष्ण खड्काका आँखामा अझै पठनपाठनको सपना बाँकी थियो, तर भवनको खण्डहर छेउबाट उनले भने, “कापी, किताब, अफिसका सबै कागजात बग्यो, ५४ जना बालबालिका कहाँ पढ्ने अब?”५३ घरधुरी रहेको रिब गाउँमा बाढी पस्दा मनिराज बिक,, धनलाल सुनारका घर पूर्णरूपमा ध्वस्त हुनुका साथै ।पुथादेव आधारभूत विद्यालयको दुईवटा ६ कोठे भवन भत्कियो ।यसैगरी १२ घरमा आंशिक, २२ घरमा सामान्य क्षति पुगेको छ ।२० परिवार प्रत्यक्ष रूपमा बाढीपीडित छन् ।यत्तिखेर ३०५ जनाभन्दा बढी बाढीको प्रभावमा परेका छन् ।

बाढीको समयमा रातको अँध्यारोमै गाउँले भागाभाग गर्दै बचे। “बालबच्चा च्यापेर माथि भिरपट्टिको घाँसे डाँडामा भाग्यौँ”, एक वृद्ध महिलाले भनिन्, “जीवन भनेको सपना हैन रहेछ, सहेर बस्नु पर्ने बाध्यता रहेछ।”

पुथादेव आधारभूत विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीहरू अचम्ममा छन्। विद्यालय भवन मात्र हैन, भर्ना विवरण, परीक्षा नतिजा, पुस्तकालय, कागजात र कार्यालय सामग्री सम्पूर्ण बगिसकेको छ। प्राथमिक तहसम्म पढाइ हुने यो विद्यालयमा बालबालिकाहरूको शिक्षाको भविष्य तत्कालका लागि ठप्प छ।

भौतिक संरचना र कृषिमा भीषण क्षति

असार १२ कै राति परेको लगातारको वर्षाले काईके गाउँपालिकाको विभिन्न भू–भागमा क्षेति पुगेकाे छ ।व्यास गार्डको ऐतिहासिक काठेपुल बगाएको छ, जुन सदरमुकाम दुनैबाट माथिल्लो डोल्पा जान प्रयोग हुने मुख्य मार्ग थियो ।शहरतारा बगर–नाम्दोको टुप्पा खोलामा मिनि काठेपुल बगायो, लावणबगरको झुलुङ्गे पुलमा पनि आंशिक क्षति पुगेकाे छ ।त्यसैगरी पाल्चा खोलादेखि शहरतारा बगरसम्मका सडक पहिरोले अबरुद्ध भएक्का छन ।गाउँभरिको सडक तथा पैदलमार्ग बाढीले ध्वस्त पारेको छ

बाढीले गाउँपालिकाभरिका खेतबारीमा रहेको सिमी, मकै, कोदो, फापर आदि अन्नबालीमा क्षति पुर्याएको छ। पाखाबाट बगेर आएको भेलले बालीसँगै जमिनलाई नै चिराचिरा बनाएको छ।

किसानहरू स्तब्ध छन्, अब त चाडपर्वमा पनि भोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता छ।रिब गाउँमा बाढीले वितण्डा मच्चाएको भाेलिपल्टै काईके गाउँपालिका अध्यक्ष अंगद कुमार राना स्वयं रिब बस्ती पुगेर क्षेति क्षेत्रकाे सम्पुर्ण स्थलगत अवलाेकन अनुगमन र  पिडितसँगको भेटघाटपछि उनले भने,“यो बेला गाउँले सबै  मिलेर उभिनु पर्छ। तत्काल राहत स्वरूप १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिनेछ।” साथै, उनले पिडितका लागि घर निर्माण, खाद्यान्न, लत्ताकपडा, अस्थायी आवास व्यवस्थापनका लागि संघ, प्रदेश र दातृ संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।काइके गाउँपालिकाले रिब गाउँका बाढीपीडितलाई राहत संकलनकाे लागि नेपाल बैंक लिमिटेडमा विविध खाता काेष खडा गरेर  क्युआरकाेड सार्वजनिक गरेकाे छ ।

मनकारी र सहयाेगी हातहरुकाे लागि सार्वजनिक गरिएकाे क्युआर काेड मार्फत यथासक्य सहयाेग  गर्न सम्पूर्णमा पालिकाले अपिल गरेकाे छ ।सहयाेगी मनकारीले निम्न बमाेजिमकाे क्युआर काेड प्रयाेग गरेर आर्थिक सहयाेग गर्न सकिने छ ।यसैबीच रिब गाउँका बाढी पिडीतलाइ राहत प्रदान गर्न शनिवार जिल्ला प्रशासन कार्यालयमा बसेकाे जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले काईके ४ रिवका पूर्ण प्रभावित परिवारलाइ १५ हजार र आँशिक प्रभावित परिवारलाई १० हजारका दरले राहत प्रदान गर्ने र पिढितको बैँङ्क खातामै जाने गरी नगद राहत प्रदान गर्ने जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।यसैगरी त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकायाले रिब बाढी पीडितलाई त्तका नगरपालिकाकाे तर्फबाट १ लाख रुपियाँ सहयाेग गर्ने बताए ।

बाढीले सिकाएको पाठ

रिब गाउँको यो घटना डोल्पाका लागि मात्रै होइन, सम्पूर्ण हिमाली क्षेत्रका लागि पनि चेतावनी हो। जलवायु परिवर्तन, असंयमित विकास, पूर्वतयारीको कमी र जोखिम मोचन योजनाको अभावले गर्दा यस्तो क्षति भयावह हुने गरेको छ।

रिब गाउँका बालबालिकाको हातबाट कापी झरिसकेको छ, बुढाबुढीको आँखा आँसुमा भिजेको छ, र किसानको खेत बगेर गएका छन्। तर डोल्पाको माटो, मानिस र मनोबल यति चाँडै मरेको छैन। गाउँ समाज एक भएर उभिन्छ, शिक्षालाई पुनः फर्काउँछ, र पुनर्निर्माणको कथा फेरि लेख्नेछ।

तपाईको प्रतिक्रिया