विष्णुप्रसाद देवकोटा
हिउँचितुवाकाे संख्यामा बृद्दि भएसंगै पहिलाे पटक हिउँ चितुवाले एक बालिका माथि आक्रमण गरेकाे छ ।
हिउँचितुवाको आक्रमणबाट घाइते हुनेमा शे–फोक्सुण्डो गाउँपालिका – १ सुम्धेरकि १० वर्षिया नाम्खाङसाङमु लामा रहेकी छिन् ।
च्याङ्ग्राको गोठालो गरिरहेका दुई आमाछोरीलाई मंगलबार राति च्याङ्ग्राको गोठमा सुतिरहेको अवस्थामा आक्रमण गर्दा छोरी घाईते भएकी थिईन ।
१० बर्षीया वालिका लामालाई हिउँचितुवाले गोठबाट लतारेर करिब २ सय मिटर टाढासम्म लिने क्रममा लामाको टाउकोमा गभ्मीर चाेट लागेको छ ।
टाउकोमा गम्भिर चोटले घाइते भएकी लामाको स्थानीय सालदाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको स्वास्थ्य चौकी इन्चार्ज निमा धार्के गुरुङले बताए ।
स्थानीय स्वास्थ्य चौकिमा उपचार भई रहेपनि उनको टाउकोमा धेरै चोट लागेको हुनाले थप उपचारको लागि शहर लैजनुपर्ने अबस्था रहेको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्षले पेमावाङ्छेन गुरुङ्ले बताए ।
उपाध्यक्ष गुरुङ्गका अनुसार हिउँचितुवाले टाउकोमा कोतारेर धेरै चोट लागेको छ समयमा राम्रो ठाँउमा उपचार गरे वालिकाको स्वास्थ्यमा थप जटिलता आउनेछैन ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिने हिउँचितुवाले पशुचौपाय मारेमा क्षतिपुर्ति दिने गरेको छ ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जङ्गली जनावरले क्षेति पुर्याएमा वा आक्रमण गरि घाईते बनाएमा सामान्य उपचारमा २० हजार गम्भीर उपचारकाे लागि २ लाख र गम्भीर भन्दा पनि अति गम्भीर अवस्थाकाे उपचारकाे लागि उपचारार्थ अस्पतालकाे सिफारिसमा राहत स्वरुप सहयाेग गर्ने प्रावधान भएपनि राहत काेषमा रकम माैज्दात नरहेकाले केही गर्न नसकिने बताए ।यसैगरि मानिसकाे मृत्यु भएकाे खण्डमा मृत्यु भएमा भने राहतस्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने ब्यवस्था रहेकाे निकुन्जले जनाएकाे छ ।
निकुन्जकाे राहत काेषमा रकम माैज्दात भइदिएकाे भए पेश्की स्वरुप पनि सहयाेग गरिन्थ्याे तर काेष नै रित्तिएकाे र राहत वापतकाे पीडितलाई अझै दुई कराेड बराबर वितरण गर्न बांकी रहेकाे पनि संरक्षण अधिकृत श्रेष्ठकाे भनाई छ ।