ताजा समाचार

काे हुन ? लाेकेन्द्र राेकाय जसले एक नारीलाई ७ लाख ठगे

विष्णुप्रसाद देवकोटा

ठुलीभेरी, डोल्पा ।”विश्वासको धोका” भन्ने कथन फेरि एकपटक डोल्पामा चरितार्थ भएको छ। जाजरकोट स्थायी घर भई केही समय डोल्पामा कार्यरत ४१ वर्षीय लोकेंद्रबहादुर रोकायामाथि डोल्पाकी एक महिलालाई लाखौं रकम ठगेको गम्भीर आरोप लागेको छ।

जाजरकोट जिल्ला राेकाया गाउँ स्थाई घर (नागरिकतामा उल्लेखित) भएका ४१ वर्षिय युवकले डाेल्पाकि एक महिलाई ७ लाख नगद ठगेकाे आराेप छ ।ठुलिभेरिनगरपालिका-३ दुनैमा स्थाई बसाेबास भइ सदरमुकाम दुनैबजारमा हाेटल ब्यवसाय गर्दै आएकी जुनु शाहीलाई विभिन्न प्रलोभन देखाएर ७ लाख भन्दा बढि रकम ठगेकाे पीडित महिलाकाे निवेदनमा उल्लेख छ ।

जाजरकोट घर भई केही समय अघि  डाेल्पास्थित सन लाईफ जीवन विमाकाे शाखामा कार्यरत लाेकेन्द्र बहादुर राेकायाले विभिन्न प्रलोभन देखाई ७ लाख नगद ठगेकाे पीडित भनिएकी शाहीले आराेप लगाएकी छन ।

उनले आफुले दिएकाे नगद रुपिया पटक पटक आराेपित राेकायासंग माग्दा नदिएपछि हातहालाहालकाे अवस्थामा ग्लाेवल बैङ्क नामकाे चेकमा ७ लाख रुपियाँ उल्लेखित चेक दिएकाे र बैंकमा जांदा उल्लेखित रकम नभएकाे पाइएपछि अहिले नियमानुसार चेक बाउन्स गरेकाे पीडित जुनु शाहीले डाेल्पान्यूजलाई जानकारी गराइन ।पीडित महिला शाहीले भनिन् हाेटलमा खाना नास्ता काेठा भाडा लगायत नगद सहित ७ लाख रुपियाँ मात्र नभई आफू र छाेराकाे नाममा रहेकाे विमित रकम १ लाख ४० हजार समेत जम्मा नगरेकाे पाइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय प्रशासन समेतमा कार्वाहीकाे लागि निवेदन दिएकाेमा उल्टै  ९८४८०७६५०६ नम्बरको माेवाईल मार्फत धम्क्याउने अश्लील शब्द प्रयाेग गर्ने गरेकाे पीडित शाहीकाे आराेप छ ।जीवन विमा जस्ताे विश्वसनिय संस्थामा कार्यरत राेकायाले एक अवला नारीमाथि यति ठुलाे ठगि किन गरे ? के साच्चिकै उनकाे नियत ठगि अभिप्रायमा निहित थियाे त ? भन्ने प्रश्न सबैकाे जिज्ञासा बनेकाे छ ।

आफुले लामाे समयदेखि हाेटल ब्यवसायबाट कमाएकाे रकम राेकायाले ठगेपछि आर्थिक विचलनमा परेकाे पीडित महिला शाहीले दुखेसो पाेखिन ।घटनाकाे बास्तविकता के हाे भन्ने सन्दर्भमा ठगि आराेपित सनलाईफ जीवन विमामा कार्यरत लाेकेन्द्र राेकायासंग ९८४८०७६५०६ नम्वरकाे माेवाइलमा सम्पर्क गर्दा पीडित महिला शाहीले आफू माथि लगाएकाे आराेप झुट्टा भएकाे बताए ।

तपाईको प्रतिक्रिया