निरोगी नेपाल त भनिन्छ तर के गर्नु अहिले रोग नभएको मान्छे नै छैनन् जस्तो लाग्छ सन्सार मा , कि रोग पत्ता लगाउने उपकरण धेरै निस्किएर रोग धेरै देखिएको होत ??? हाम्रा हजुरबा ले कहिलै होल बडी चेकअप गराउनु भएन , १ पटक पनि एक्सरे भिडियो एक्सरे गराउनु भको थाहा पाएन ।
अहिले त जे चेक गरायो कम हुनु पर्ने बढी अनि बढी हुनु पर्ने कम देखाउछ कि चेक जाँच गर्ने यन्त्र खराब हुन त ??? हो उच्च प्रविधि ले मान्छे लाई सहज र सतर्क बनाएको छ यसलाई हर्षका साथ स्विकार्नु पर्दछ ।
अहिले मान्छेको स्वास्थ्य प्रत्यक्ष रुपमा खानपान र आनिबानीमा जोडिएको छ शुद्धता केही छैन ,अर्गानिक केही छैन अनि आफ्नो घरायसी उत्पादन को उपभोग छैन, बजारमा बिक्री वितरण गरिएका खाद्यन्न सामाग्रीको गुणस्तर चेकजाँच , अनुगमन नियमन केही छैन , स्वास्थ्य मा भन्दा पनि स्वादमा मान्छे भुलेका छन ।
अनि कसरी हुने निरोगी नेपाल र नेपाली । खोइ अनर्थ नलागोस मलाइ त यो व्यवसायिक प्रोपोगन्डा ले सबै क्षेत्र कब्जा गरे जस्तो लाग्छ । “खाना खाउ बिरामी होउ खर्च गर । “
अब यो किनेर खाने बिरामी पनि हुने च्यानल तोडनु पर्छ । अर्गानिक अनि घरायसी उत्पादन मा जोड दिनुपर्छ ।
अब यस्तो अवस्थामा स्वास्थ्य अनि स्वास्थ्य सेवा , बडो च्यालेन्ज भैसक्यो । स्वास्थ्यकर्मी राजन कुमार डांगीकाे फेसबुकवालवाट