ताजा समाचार

प्रअमाथि महासंघको निगरानीः विद्यालय सञ्चालन गरे ‘कालोमोसो दल्ने’

शिक्षा ऐन माग्दै सडकमा आएका शिक्षकहरुको माग सम्बोधनमा सरकार लचिलो बन्ने संकेत नपाएपछि नेपाल शिक्षक महासंघले देशभर शैक्षिक हड्ताल घोषणा गरेको थियो । आन्दोलन सशक्त बनाउन महासंघले चैत २५ गतेबाट आम शैक्षिक हडताल घोषणा गरेको हो । हडतालकै विषयमा महासंघको दैनिक बस्ने आन्दोलन समीक्षा बैठकमा प्रश्न उठ्ने गरेका छन् ।

‘आन्दोलन चलिरहेका बेला कतिपय प्रधानाध्यापकले विद्यालय सञ्चालन गर्नाले सरकारलाई सहयोग पुगेको छ। ती प्रधानाध्यापकले किन बुझ्नुभएको छैन? आन्दोलनबाट प्राप्त उपलब्धि सबैका लागि हो,’ महासंघका एक सदस्यले भने, ‘समीक्षा बैठकमा यसबारे धेरै कुरा उठेका छन्। आन्दोलनको समयमा विद्यालय सञ्चालन गर्ने प्रधानाध्यापकहरूलाई ‘कालोमोसो दलेर कारबाही’ गर्न नेतृत्वलाई सुझाव पनि दिएका हौं। महासंघको निगरानीमा प्रअहरू हुनुहुन्छ।’

महासंघले सोमबार पनि विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा कुनै पनि शैक्षिक क्रियाकलाप जस्तै, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणमा सहभागी नहुन सबैलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै महासंघबाट निषेध गरिएका काममा संलग्न नहुन आग्रह गरेका छन्। उनले भनेका छन्,‘जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा साथीहरू खटिनु भएको छ। हामी हामीले मागेको निकास ननिस्केसम्म आन्दोलनमा रहरिहन्छौं। यो आन्दोलन सबैको हो। उपलब्धिमा पनि सबैको बराबरी हिस्सेदारी हुने हो। त्यसैले सहभागिता तथा योगदानमा पनि बराबरी हिस्सेदारी आवश्यक छ।’

तपाइको प्रतिक्रिया

error: Content is protected !!