विष्णुप्रसाद देवकोटा
डोल्पा(जगदुल्ला)मङ्सिर २० गते ।
कक्षा–५ मा अध्यायनरत हिमानी बोहाराको मन एउटा कुराले सधै बेचैन हुने गरेको छ ।पढाईलाई अगाडि बढाउदै आफ्नो बेचैन मनलाई कसिलो बनाउने संकल्पमा उनी छन ।
समाजमा क्यान्सर रोगकोे रुपमा रहेको कुसंस्कारको कारक तत्व बन्दै आएकोे बालविवाहले बोहोराको मनलाई खिन्न बनाउनुका साथै बेचैन बनाउने गरेको हो ।
आफु उमेरकै सहपाठीले गर्ने गरेको विवाहलाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने तर्फ उनको ध्यान गएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका–३ स्थित महादेब आधारभूत विद्यालयमा अध्यायनरत छात्रा बोहोराको बालविवाह हुनुमा अज्ञानता चेतनाको कमि मात्र नभई घरपरिवार र समाज पनि प्रमुख कारण रहेको ठम्याई छ ।
जगदुल्ला गाउँपालिका केन्द्र माझगाउँमा आयोजित १६ दिने लैङ्गिक हिँसा विरुदको समुदायस्तर बहस कार्यक्रममा आफ्नो सहभागिता जनाउनु भएकी बोहोराले छिमेकी घरमा बालविवाह भइरहँदा कानूनी उपचारमा नगई जनप्रतिनिधि सुरक्षा निकाय र स्वयंम अभियान्ता समेत भोजमा सरिक हुनुले बालविवाहलाई प्रोत्साहन मिलेको बताउनु भयो ।
बालविवाह गर्ने जोडि घरपरिवार विवाह भोजमा सरिक सबैलाई नियमानुसार कानूनी कारवाही गर्न सके बालविवाह न्यूनीकरण हुनमा कुनै बार पर्खनु नपर्ने छात्रा बोहोराको भनाई छ ।
अर्का सहभागी छात्र दिनेश बिकले बालविवाह रोकथामको लागि सर्वप्रथम आफैबाट प्रयासको थालनी गर्नु पर्ने बताउनु भयो ।
स्थानीय सरकारले बालविवाह गर्नेलाई दण्डजरिवाना गरिनुको साथै सेवासुविधाबाट बन्चित गर्नु पर्ने छात्र विकको भनाई थियो ।विद्यालयमा गठन भएका बालक्लब मार्फत सडक नाटक बालविवाहले पारेको नराम्रो असर समेटेर विभिन्न सचेतनामुलक गतिविधि संचालनमा आर्थिक सहयोग गर्बिन बिकले कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रमुखलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा सहभागी अर्का छात्रा रोशनी बोहोराले पछिल्लो समय विद्यालयमा पनि बालविवाहा विरुद प्रत्येक शुक्रवारे कार्यक्रममा .बहस छलफल अन्तरक्रिया हुने गरेको बताउनु भयो ।
अहिले हामीहरुले बालविवाहाले पुर्याउने असर कानूनी ब्यवस्था यसले र्पो दिर्घकालिन प्रभावका बारे स्कुल घरपरिवारमा समेत छलफलको विषय बनाउदै आएका छौ उहाँले भन्नु भयो ।
जगदुल्ला गाउँपालिकाको समन्वय तथा बालविवाह विरुदको साझा अभियान सन्जाल गैसस महासंघ र महिला सशक्तिकरण केन्द्र डोल्पाको सहकार्यमा कर्णली प्रदेश सामाजिक विकास कार्यालयको आयोजनामा लैङ्घिक हिँसा विरुदको १६ दिने अभियानको छैठौ दिनमा आयोजित बालविवाह न्यूनीकरणका लागि विद्यालय समुदायस्तरमा सरोकारवालाहरुको सचेतनामुलक कार्यक्रममा बालवालिकाले उक्त धारणा राख्नु भएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार हिमाली जिल्ला डोल्पामा ६१.८५ प्रतिसत बालविवाह हुने गरेकोमा सबैभन्दा बढि ठुलिभेरी नगरपालिका र सबैभन्दा कम छार्काताङसोङ गाउँपालिकामा हुने गरेको तथ्याङ्क उल्लेख छ ।
जनगणनाको तथ्याङक अनुसार ठुलभिेरी नगरपालिकामा ७० प्रतिसत त्रिपुरासुन्दरी नगरपालिकामा ६५ प्रतिसत मुड्केचुला गाउँपालिकामा ६९ प्रतिसत जगदुल्ला गाउँपालिकामा ६३ प्रतिसत काइके गाउँपालिकामा ५४ प्रतिसत छार्काताङ्गसोङ गाउँपालिकामा ४४ प्रतिसत डोल्पोबुद गाउँपालिकामा ५२ प्रतिसत र शे फोक्सुण्डो गाउँपालिकामा ४६ प्रतिसत बालविवाह हुने गरेको उल्लेख छ ।
जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिं रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले बालविवाह विरुदको संविधान प्रदत्त अधिकारको भरपुर प्रयोग गर्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा सहभागी विद्यालय बालबालिकासंग सबालजवाफ गर्ने क्रममा समन्वय प्रमुख राेकायाले जगदुल्लाका बालवालिकामा बालविवाह विरुद्धको चेतना स्वस्फूर्त प्रस्फुटन हुँदै गएकाे अनुभुति भएकाे बताउनु भयाे ।
बालविवाह लगायत समाजका कुसंस्कार विरुद्ध रचनात्मक र शैक्षिक बलियाे आधारस्तम्भ रुपि विद्यालय बालबालिकालाई प्रयाेग गर्न स्थानीय सरकारलाई अनुराेध गर्दै बालबालिका विविध कार्यक्रममा सरिक गराउन आर्थिक सहयाेग गर्न पनि आग्रह गर्नु भयाे ।
सधै जिल्ला सदरमुकाममा मात्र हरेक कार्यक्रम सिमित हुने गरेकाले जिल्ला समन्वयमा भएकाे सराेकारवालाकाे बैठकले क्रमश सबै पालिकामा गएर गर्नु पर्ने निर्णय अनुसार पहिलाे पटक आफू ठुलाे टिम सहित जगदुल्लामा पुगेकाे बताउनु भयाे ।
पछिल्लाे समय जगदुल्ला गाउँपालिकाले बालविवाह घरेलु हिंसा विरुद्ध खेलेकाे भुमिका महत्त्वपूर्ण रहेकाे बताउदै पालिकाकाे हरेक ब्यवस्थापकीय पक्षकाे प्रसंशा समेत गर्नु भयाे ।
जिल्लाकै उत्कृष्ट पालिकाकाे रुपमा जगदुल्लाले आफुलाई उभ्याउदै आएकाेमा अझै उत्कृष्ट बनाउन तर्फ पालिका नेतृत्व र प्रशासन लाग्नेमा आफू विश्वस्त रहेकाे बताउदै पालिकाकाे हरेक पक्षकाे विकासकाे लागि सम्बन्धित निकायसंग समन्वयकारी भुमिका खेल्न आफू सदैब तयार रहेकाे समेत समन्वय प्रमुख राेकायाले प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
विशेष अतिथि नागरिक समाज डाेल्पाका अध्यक्ष शेरबहादुर बुढाले कानुन पंचायतकालमा पनि नराम्राे नभएकाे र गणतन्त्रात्मक अहिलेकाे ब्यवस्थामा पनि कानुन नराम्रो नभएकाे उल्लेख गर्दै केबल कार्यान्वयन पक्षकाे नियत मात्र नराम्रो भएकाे बताउनु भयाे ।कानुनकाे सहि समय सहि ढंगले सहि ठाउँ प्रयाेग गरे समाजका तमाम समस्या हट्ने बुढाकाे भनाई थियाे ।
पालिकाले प्रस्तुत गरेका कार्यक्रम ब्यवस्थापकीय पक्ष र लिइएकाे प्रतिबद्धताबाट अन्य पालिकाकाे तुलनामा उत्कृष्ट रहेकाे उल्लेख गर्दै अझैपनि सुशासन कायम राख्नेमा विश्वस्त भएकाे बताउनु भयाे ।
पालिका अध्यक्ष नारासि राेकायाले बालविवाह महिला हिंसा घरेलु हिंसा लगायतका कुसंस्कारलाई हटाउन र राष्ट्रिय जनगणना २०७८ काे तथ्यांकलाई न्युनीकरण गर्न घनिभूत रुपले सराेकारवालासंग छलफल अन्तरक्रिया बहस भइरहेकाे बताउनु भयाे ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई नियाल्दै जांदा समाजमा हुने गरेका सबै नराम्रा कार्य असभ्य नागरिकबाटै हुने गरेकाले अबकाे पालिकाकाे अभियान सभ्य नागरिक सभ्य परिवार बनाउने तर्फ रहेकाे अध्यक्ष राेकायाले उल्लेख गर्नु भयाे ।
सिङ्गो पालिका विश्वमा प्रतिस्पर्धा गर्ने शिक्षाकाे लागि जनशक्ति उत्पादनकाे प्रयासमा रहेकाे उल्लेख गर्दै सभ्य नागरिक सभ्य परिवारबाटै सुन्दर घर सुन्दर परिवार बाट सुन्दर पालिका बनाउने उद्देश्यबाट फरक ढंगले अगाडि बढरहेकाेले यीनै उद्देश्यवाट सबै सामाजिक अपराधजन्य समस्याकाे अन्त्य हुने ठाेकुवा उहाँले गर्नु भयाे ।
अब जगदुल्लामा महिला र घरेलु हिंसाकाे न्युनीकरण मात्र नभई वडास्तरबाट घरेलु र महिला हिंसा मुक्त वडा घाेष्णाकाे चरणमा रहेकाे उल्लेख गर्दै अबकाे समस्या भनेकाे पुरुष माथि हिंसाकाे सम्भावना रहेकाे अध्यक्ष राेकायाले बताउनु भयाे ।
आगामी एक वर्ष भित्र वडानम्वर ४ लाई बालविवाह मुक्त वडा घाेषणा गरिने जानकारी दिदै महिला घरेलु हिंसाकाे प्रमुख कारण बालविवाहलाई नै हटाए पछि महिला र घरेलु हिंसा संवत् हट्ने दावि पालिका अध्यक्ष राेकायालयले गर्नु भयाे ।
गैह्र सरकारी संस्था महासंघ डाेल्पाका अध्यक्ष रणबहादुर कार्कीले कर्णाली र डाेल्पा जिल्लामा बालविवाहकाे चित्र प्रस्तुत गर्ने क्रममा जनसमुदाय सचेतनामुलक र समाज रुपान्तरणका लागि अनेकन प्रयास गर्दा गर्दै पनि कानुनी प्रयाेगकाे अभ्यासमा कहि न कहि हामीहरु चुकि रहेकाे बताउनु भयाे ।
बाटाेघाटाे र भाैतिक संरचनाकाे विकासलाई मात्र विकास मान्न नसकिने उल्लेख गर्दै समाज रुपान्तरण र जनमैत्रि सुशासन कायमकाे माध्यमबाट समाजमा रहेका कुरीति कुसंस्कारलाई चेतनाकाे विकासले अन्त्य गरेर सभ्य नागरिक र सभ्य समाज बनाउनु पर्नेमा जाेड दिनु भयाे ।
उहाँले १६ दिने लैङ्गिक हिंसा विरुद्ध बालविवाहले समाज रुपान्तरण, विकासमा पारेकाे असर यसकाे न्युनीकरणकाे लागि समुदाय, अभिभावक र स्थानीय सरकारले खेल्नु पर्ने भुमिकाकाे बारेमा प्रकाश पार्दै कार्यक्रमकाे उद्देश्यमनथि प्रस्ट्याउनु भएकाे थियाे
जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बालविवाह महिला र घरेलु हिंसा अन्त्यकाे लागि विद्यालयस्तरमै शुक्रबारे कार्यक्रममा छलफल गर्ने गरिएकाे बताउनु भयाे ।
यसैगरी पालिका प्रमुख विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी शिक्षा शाखा प्रमुख महिला बालबालिका शाखा प्रमुख र स्वयम् विद्यालयका बालबालिका प्रअ समेत राखेर न्युनीकरणकाे लागि के कस्ता पहल गर्ने सकिन्छ भनेर छलफल बहस गर्ने गरिएकाे उहाँले बताउनु भयाे ।
बीस वर्ष पार गरेपछि विवाह गर्ने जाेडिलाई सम्मान ,स्वास्थ्य तथा सरसफाइ कार्यक्रम लगायत वडावस्तीस्तरमा आमा दिदिबहिनी समूह सहकारी समूह बालक्लव मार्फत विविध कार्यक्रम संचालन गर्दै बालविवाह मुक्त पालिका बनाउनकाे लागि पंच बर्षिय रणनीतिक कार्ययाेजना पालिकावाट पारित गरेर काम भइरहेकाे जानकारी समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत जैसीले गराउनु भयाे ।
कार्यक्रममा सहभागी वडाअध्यक्षहरुले बालविवाह सभ्य समाज निर्माणकाे बाधक रहेकाले वडास्तरवाटै यसकाे न्युनीकरणकाे प्रयास भइरहेकाे बताउनु भएकाे थियाे ।
सामाजिक विकास कार्यालयका रामबहादुर बुढाले कार्यक्रमकाे लागत खर्च यसकाे उद्देश्य र लिइएकाे लक्ष्यका बारेमा प्रकाश पार्नु भएकाे थियाे ।
पालिका उपाध्यक्ष अमृता लामा विभिन्न वडाका वडाअध्यक्षहरु विद्यालयका बालबालिका शिक्षक शिक्षिका सुरक्षाकर्मी आमा तथा दिदिबहिनी समूह र सहकी समुहका प्रतिनिधि अभिभावक लगायत संचारकर्मीकाे सहभागिता रहेकाे कार्यक्रम जगदुल्ला पालिकाकी महिला बालबालिका शाखा प्रमुख सविना बाेहाेराले संचालन गर्नु भएकाे थियाे ।
कार्यक्रममा सहभागी बालबालिकाले बालविवाहकाे अवस्था न्युनीकरणकाे प्रयास र स्थानीय सरकार अभिभावकले खेल्नु पर्ने भुमिकाका बारेमा समुहगत छलफल गरेर बुधागत प्रस्तुति गरेका थिए ।