कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री बीरबहादुर शाहीले शिक्षाकाे विकासकाे लागि स्थानीय प्रदेश र संघिय सरकारकाे शिक्षा नितिमा एकरुपता हुनु पर्ने बताएका छन ।
नीतिमा शिक्षा कार्यान्वयनकाे अवस्था र पत्रकारहरुकाे भूमिका विषयक सेभद चिल्ड्रेनकाे आयाेजना तथा शिक्षा पत्रकार समिति कर्णाली प्रदेशकाे सहकार्यमा सुर्खेतमा भएकाे क्षमता अभिबृद्दि तालिमकाे उद्घाटन गर्ने क्रममा सामाजिक विकनस मन्त्री शाहीले उक्त कुरा बताएका हुन ।
हाम्राे नेपाली समाजमा पत्रकारलाई हेर्ने दृष्टिकोण फरक भएपनि समग्र शिक्षा स्वास्थ्य सडक खानेपानी र विधुत लगायतकाे विकासकाे लागि पत्रकारकाे भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै दुई दिने क्षमता अभिबृद्दि तालिमले कर्णालीकाे शिक्षाकाे अवस्थालाई परिवर्तन गर्नमा सहयाेग सिद्द हुने पनि मन्त्री शाहीले बताए ।
अहिलेकाे विकास प्रतिस्पर्धा पुर्वाधार तर्फ मात्र भएपनि शिक्षा विना केही हुन नसक्ने उनकाे भनाई थियाे ।सेभद चिल्ड्रेन सुर्खेतका प्रमुख रतनराज ओझाले कर्णालीका बालबालिकाकाे शिक्षा विकासकाे लागि शिक्षा पत्रकार समुहले रचनात्मक कार्य गरिरहेकाले विगत तीन वर्षदेखि शिक्षा पत्रकार समुहसंग सहकार्य गरेर कर्णालीकाे शिक्षा विकासकाे लागि काम गरिरहेकाे बताए ।
कर्णालीका दस ओटै जिल्लाका बालबालिकाकाे शिक्षा आवाजलाई बुलन्द पार्न अझै आवश्यक रहेकाले क्षमता अभिबृद्दि तालिमले पत्रकारलाई शिक्षा नितिमा कलम चलाउन थप हाैसला प्रदान गर्ने प्रमुख ओझाले बताए ।
शिक्षा पत्रकार समूह कर्णाली प्रदेश संयाेजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष कलेन्द्र सेजुवालले कर्णालीमा शिक्षाकाे अवस्था पत्रकारको भुमिका काेराेनाकालमा शिक्षाकाे अवस्थामा पारेकाे असर पत्रकारिताकाे प्रभाव र स्थानीय तहमा शिक्षाकाे नीति बने बनेन् भन्ने विषयमा बहसकाे विषय बनाई आगामी दिनहरुमा शिक्षाका मुद्दाहरुका बारेमा कसरी रिपोर्टिङ गर्ने भन्नेमा दुई दिने कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे बताए ।
दुई दिने कार्यक्रममा शिक्षा पत्रकार समुहमा आबद्ध भई शिक्षाकाे सराेकारका विषयमा कलम चलाउदै आएका कर्णालीका दस जिल्लाका क्रियाशील पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।