ताजा समाचार

डोल्पाको आठौ जिल्ला सभा सदरमुकाम दुनैमा सम्पन्न!

पुर्ण कुमार/ डोल्पा न्युज 

भाद्र ३० , डोल्पा 

हिमाली जिल्ला डोल्पाको आठौं जिल्ला सभा सम्पन्न भएको छ । आईतवार जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षता तथा जिल्लाकी पहिलो सविधान सभा सदस्य दुध कुमारी हमालको प्रमुख आतिथ्यतामा जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा डोल्पाको आठौं जिल्ला सभा सम्पन्न भएको छ ।

जिल्ला सभामा डोल्पाको जगदुल्ला गाउँपालिकाबाट केशव राज जैसी, छार्काताङसोङ गाउँपालिाकाबाट अमरराज सेजुवाल, शे फोक्सुण्डो गाउँपालिका सुमन ढकाल, मुड्केचुला गाउँपालिकाबाट रेशम महतारा, काईके गाउपालिकाबाट पदम बिक्रम थापा, त्रिपुरासुन्दरी नगरपालिकाबाट भिम बहादुर थापा, ठुलीभेरी नगरपालिकाबाट मनराम ठकुल्लाले आर्थिक बर्ष २०८०/८१ को प्रगति विवरण र चालु आ.ब. को बजेट बारे जानकारी गराएका थिए ।

जिल्लाका अन्य स्थानीय तहले प्रगति विवरण सार्वजनिक गराएता पनि डोल्पोबुद्ध गाउँपालिकाबाट भने कुनै पनि प्रतिनिधि सहभागी भएका थिएनन् ।

यस्तै सभामा जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकबाट दर्गेन्द्र ओली, पूवार्धार विकास कार्यालयबाट टेक बहादुर हितान, स्वास्थ्य सेवा कार्यालयबाट डाक्टर रत्नविर सुनार, डिभिजन वन कार्यालयबाट मुन बहादुर रावत, सामाजिक विकास कार्यालयबाट धन बहादुर शाही, कृषि विकास कार्यालयबाट तिल बहादुर राना, खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयबाट प्रकाश गिरी, पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट जर बहादुर भक्री, बागवाणी विकास कार्यालयबाट सम्पती बुढा, जिल्ला हुलाक कार्यालययबाट जयशंकर धिताल, शे फोक्सुण्डो राष्ट्रिय निकुन्जबाट यज्ञराज रोकाया, शिक्षा विकास तथा समन्वय इकाईबाट दल बहादुर बस्नेत, प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालयबाट गोविन्द बहादुर मल्ल, जिल्ला कारागार कार्यालयबाट दिर्घराज रोकाया र जिल्ला नापी कार्यालय, उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बर्ष २०८०÷८१ को प्रगति विवरण र चालु आ.ब. को बजेट बारे जानकारी गराएका थिए ।

आठौं जिल्ला सभामा कर्मचारीको उत्साहजनक सहभागीता रहेतापनि नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि बाहेक प्रमुख राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगाएतका प्रतिनिधि भने जिल्ला सभामा सहभागी भएका थिएनन् ।

जिल्ला सभा जस्तो महत्वपूर्ण कार्यक्रममा सम्बन्धीत सरोकारवाला निकायको उत्साह जनक सहभागीता नहुनु गैर जिम्मेवारपन देखिएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताएका छन । प्रजिअ दाहालले, कसरी हुन्छ नागरिकले सहजै सेवा पाएको महसुस गर्ने गरि कामकाज गर्न आग्रह गरेका छन । डोल्पामा समग्रह विकास गर्नको लागि सवै तहका निकाय विच एक आपसमा समन्वय गरेर काम गरे मात्र संभव रहेको प्रजिअ दाहालले बताए ।

प्रमुख अतिथि तथा संविधान सभा सदस्य दुध कुमारी हमालले जिल्ला सभालाई शुभकामना दिदै डोल्पामा जस्ले जे गरेपनि हुन्छ भन्ने मानसिकताले भरिएका मान्छे मात्र देखिएको बताएकी छिन ।

जिल्ल्ला सभा जस्तो महत्वपूर्ण कार्यक्रममा धेरैले वास्ता नगरेको भन्दै अहमताले आफुलाईनै सिध्याउने भएको हुदा एक आपसमा सहकार्य आवश्यक रहेको र आवश्यकताको आधारमा काम गर्न सुझाव दिएकी छन ।

आठौँ जिल्ला सभाको समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले सभामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन । जिल्ला समन्वयले पाएको अधिकार आगामी दिनमा पुर्णरुपमा प्रयोग गरि जिल्लाको विकासको लागि सवै संग समन्वय सहकार्य गर्न तयार रहेको प्रमुख रोकायाले बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!