यार्चागुम्बुकाे संकलन र यार्सासंकलकहरुवाट पाटनमा हुने फाेहाेर ब्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने विषयमा शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज सुलिगाड डाेल्पाले पत्रकार भेटघाट कार्यक्रम गरेकाे छ ।
ब्लुसिप इन दुनैमा गरिएकाे कार्यक्रममा उपस्थित संचारकर्मिले बाहिर जिल्ला र जिल्ला भित्रकै यार्सा संकलकहरुले विना झनझट यार्सागुम्बा संकलन गर्ने बातावरण बनाउनु पर्नेमा जाेड दिए ।
विगतका वर्षहरुमा यार्चागुम्बु पाटन खुल्ने समयमा प्रवेश सुल्क र सम्बन्धित वन समिति समुहले सेवा शुल्क बापत उठाउने गरेकाे रकमा विवाद रहने हुने गरेकाले विना विवाद सहज रुपमा संकलन गराउने र राजश्व उठाउने कार्यमा निकुन्जले सम्बन्धित वन समिति पदाधिकारीहरुसंग सार्थक छलफल गर्नु पर्ने मा सहभागी संचारकर्मिले जाेड दिए ।
निकुन्जका निमित्त प्रमुख तथा सुचना अधिकारी यज्ञराज राेकायले कार्यक्रममा उठेका सवाल र सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघ डाेल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा बर्तमान अध्यक्ष सराेज थापा संचारकर्मि टेक शाही र रामचन्द्र न्याैपाने लगायतका संचारकर्मिले आआफ्ना भनाई सहित सुझाव दिएका दिए ।
डाेल्पामा आउदाे जेठ १० गतेवाट यार्सागुम्बा पाटनहरु संकलकहरुकाेलागि खुला हुने छन ।