ताजा समाचार

डाेल्पामा चिसाेले मतदानमा सकस ७ बजे शुरु हुनु पर्ने मतदान  ८ बजेमात्र शुरु

विष्णुप्रसाद देवकोटा/डोल्पा न्युज

डोल्पा,मङ्सिर १६ गते ।हिमाली जिल्ला डाेल्पामा चिसाेले गर्दा मतदानमा सकस भएकाे छ ।चिसोले गर्दा प्रतिनिधि र मतदाताहरु  मतदान स्थलमा ढिलागरि पुगेपछि मतदानमा ढिलाई भएकाे हाे ।

चिसाेकाे कारण त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने ल्हाँमा वडाअध्यक्ष पदकाे लागि  भर्खरैमात्र मतदान सुरु भएको छ ।

सहायक निर्वाचन अधिकारी गाेपाल प्रसाद ज्ञावलीका अनुसार

चिसोले गर्दा प्रतिनिधि र मतदाताहरु ढिलागरिमात्र मतदान स्थलमा पुगेपछि सात बजेदेखि सुरुहुने मतदान प्रक्रिया सुरुहुन ढिलाई भएको हाे ।

मतदान प्रक्रिया शान्तिपुर्ण हिसाबमा सुरु भएको र हालसम्म ३६  मत खसेकाे सहायक निर्वाचन अधिकारी ज्ञावलीले जानकारी दिनु भयाे ।

वडा अध्यक्ष पदकालागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्रिा,नेपाली काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्धार बन्नु भएकाे छ ।ल्हाँमा मतदाता संख्या  ३ सय ५३   रहेको छ ।

गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६,नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली काङ्ग्रेसले ८३ मत प्राप्त गरेको थियो ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदकालागि निर्वाचन भएकाे हाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!