ताजा समाचार

जेष्ठ नागरिकदेखि बालबालिकासम्मलाई जेभी फाउण्डेसनको न्यानो कपडा

विष्णुप्रसाद देवकोटा

डोल्पा,पुस १९ गते ।जगदीश बैद्य(जेभी) फाउण्डेसनको सहयोगमा त्रिपुरासुन्दरी नगरपालिका–१ सार्कीटोलका जेष्ठ नागरिकदेखि बालवालिका सम्मलाई न्यानो कपडा वितरण गरिएको छ ।

पुसको कठाङग्रिदो जाडोमा थोरै भएपनि जाडो छल्न सहयोग पुगोस भनेर न्यानो लत्ताकपडा वितरण गरिएको केन्द्रिय सदस्य जयनन्द उपाध्यायले जानकारी दिनु भयो ।

जेभी फाउण्डेसनका प्रमुख संरक्षक तथा जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाको पहलमा काठमाण्डौदेखि न्यानो लत्ताकपडा डोल्पामा पु्याएर त्रिपुरासुन्दरी नगरपालिका–१ का दलितबस्तीका एक सय घरपरिवारलाई विशेष कार्यक्रम गरेर वितरण गरिएको हो ।

जेभी फाउण्डेसनकै प्रमुख संरक्षक रोकाया केन्द्रिय सदस्य जयनन्द उपाध्याय(जयस) र भक्तमान नेपाली त्रिपुरासुन्दरी नगरपालिका–१ वडाका अध्यक्ष रामचन्द्र कुलाल नेपाली काँग्रेसका पाटी सचिव हिक्मत शाहीले न्यानोकपडा वितरण गर्नु भयो ।

न्यानो कपडा पाएपछि खुशि ब्यक्तगर्दै ७० बर्षीय शंकरसिं बिटालुले भन्नु भयो ”एक जोडा न्यानो कपडाले मलाई ठूलो राहत हुने छ ।” त्रिपुरासुन्दरी–१ कोटस्थित दलितबस्तीका नागरिकहरुलाई कपडा वितरण गर्ने क्रममा निश्वार्थ सेवाभावले फाउण्डेसनको तर्फवाट थोरै सहयोग गरिएको समन्वय प्रमुख तथा फउण्डेसनका संरक्षक रोकायाले बताउनु भयो ।

उहाँका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाका वडानम्बर १ का सार्कीटोलमा झै रल्लीस्थित दलित कस्ती वडानम्बर २ को रुमस्थित दलित बस्ती र वडानम्बर ११ र वडा नम्बर ५ को ल्हाँमा रहेका दलितवस्तीका परिवारलाइै पनि न्यानो कपडा वितरण गरिने छ ।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता गौरीशंकर उपाध्याय नगरसभापति टोपबहादुर शाही नेका प्रदेश क्षेत्र नम्बर ख सभापति मोतिप्रसाद उपाध्याय ११ नम्वर वडाका वडाअध्यक्ष चन्द्ररुप डसाल कांग्रेस नेता चन्द्रलाल धराला तरुण केन्द्रीय सदस्य तुलबहादुर बाेहाेरा सहितकाे उपस्थिती रहेको थियो ।

त्रिपुरासुन्दरी नगरपालिका–१ को कोटस्थित दलित बस्तीका एक सय घरपरिवारलाई पचास हजार मुल्य बराबरको कपडा वितरण गरिएको र अन्य वडाबस्तीस्तरमा पनि सोही मुल्य बराबरको कपडा वितरण गरिने फाउण्डेसनले जनाएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!