ताजा समाचार

बिधुत ट्रान्सर्फमरबाट करेन्ट लागेर दुनैमा एघार वर्षीया बालिका गम्भीर घाइते

डाेल्पा । डाेल्पाकाे जुफालमा ट्रान्सर्फमर छुना करेन्ट लागेर बालिका गम्भीर घाइते भएकाे साता नवित्दै  सदरमुकाम दुनै बजारमा  ट्रान्सर्फमरबाटै करेन्ट लागेर  एघार बर्षिया बालिका घाइते भएकी छिन ।

आज बुधबार दिउँसो तिप्ला खाेला नजिकै नेपाल बिधुत प्राधिकरणले खुल्ला ठाउँमा राखेकाे ट्रान्सर्फमरकाे तारबाट करेन्ट लागेर रुकुम पश्चिम आठबिसकाेट नगरपालिका वडा नं. ४ घर भै हाल पठनपाठनकाे लागि सदरमुकाम दुनै बस्दै आएकी ११ बर्षिया मन कुमारी बिष्ट घाइते  भएकी हुन ।

करेन्ट लागेर ट्रान्सर्फमरकाे तारमा झुण्डिएकी घाइते बालिका बिष्टलाई नजिकै बाटाेमा अन्य मान्छे भएकाे कारण तत्काल उद्वार गरिएको थियाे । आफू काममा बिजि थिए बाटाेमा अन्य ठुला मान्छे भएका कारण आफ्नाे छाेरी बाच्न सफल भएकाे घाइते बालिकाका बुवा भिम बिष्टले बताए । करेन्ट बाट घाइते बालिकाकाे जिल्ला अस्पताल डाेल्पामा उपचार भैरहेको छ।

ट्रान्सर्फमरकाे करेन्ट बाट केही दिन अघि मात्र जुफालमा एक बालिका गम्भीर घाइते भएकी थिइन । उन काठमाडौंमा उपचार भैरहेकाे छ। डाेल्पाकाे सदरमुकाम दुनै बजार लगाएत विभिन्न खुल्ला स्थानहरुमा ट्रान्सर्फमर,विधुतका तार,पाेलहरु भएकाे हुदा अझै जाेखिम रहिरहेकाे स्थानीयहरुले बताएका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!